नेपालमा ग्लोवल वार्मिङ्ग र क्लाइमेट चेन्जको असर र समाधानका उपाय

 

श्रीराम खाइजु

ग्लोबल वार्मिङ्ग केवल नेपालको मात्र समस्या होइन, संसारकै चिन्ताको विषय हो । मानव विकासको हजारौं अवयवहरूले प्रकृतिसँग गरेको अप्राकृतिक संघर्षले वायुमण्डलीय नकारात्मकतालाई बढावा दिइरहेको छ । प्रकृतिले आपूmलाई सन्तुलनमा राख्न आफ्नो उत्पतिसँगै हजारौं नियमहरू साथमा ल्याएको छ । त्यसलाई प्रकृतिले महत्वपूर्ण अनुशासनको रुपमा आत्मसाथ गर्दै आएको छ । तर मानवजीवन आपूmलाई उन्नत र विकसित गर्ने नाममा नयाँको खोज र पुरानाको ब्यवस्थापनमा देखापरेका अनेकौं असन्तुलनले प्रकृतिमाथि ठूलो बज्रपात हुँदै आएको छ । जुन् वायुमण्डलीय उष्णताको रुपमा हामी भोग्दै छौं, यद्यपी मानवजीवन सिकेर गर्ने भन्दा गरेर सिक्न सिपालु भएको कारणले यसको उपचार पनि मानवले गर्न असम्भव मान्नु हुँदैन ।

वायुमण्डलीय उष्णता वा असन्तुलनले केवल पृथ्वीको एकाध अंशको नोक्सानी वा एकाध नकारत्मकता मात्र पैmलाउने होइन, त्यसको प्रत्येक्ष वा परोक्ष असर समग्र जीव जगतमा पर्छ । जस्तो पृथ्वीको उत्पतिदेखि जीव जगतको अस्तित्वमा आउने बेलासम्ममा पृथ्वीको पूर्व अवस्थामा रुपान्तरण आइसकेको थियो । अर्थात आगोको गोला सेलाउँदै राप, ताप, चाप तथा त्यसको प्रभावमा भारी मात्रामा परिवर्तन आई जीव बाँच्न सक्नेसम्मको अवस्था आयो । त्यस्तै ताप सेलाउँदा कतै खुम्चने वा फुक्ने हुँदा वर्तमान हिमाल पहाड र समुद्रको गहिराई अस्तित्वमा आयो । तदनुकुल बनस्तति, जीव तथा प्राणी जगतको प्रारम्भ हुँदै गयो ।

यही क्रममा बिशालकाय डाइनोसर जस्ता पतन हुने, नयाँ हजारौं र लाखौं प्रजातिहरू जन्मने, जन्मिएकावाट पनि नरवाँदरवाट मानिसमा रुपान्तरण जस्ता अनेकौं परिघटनाहरू सम्भव भयो । यी र यस्ता सवै वातावरणीय परिवर्तनका परिचायक हुन् । प्रकृतिको आफ्नै विधिभित्र गतिशिलताको चक्र पूर्ति गर्ने हेतुले हुने परिवर्तनमा मानवीय प्रतिरोधले अर्थ राख्दैन । तर मानवीय कमजोरी वा अव्यवस्थापनवाट सिर्जना भएको वातावरणीय असन्तुलनलाई अधिकतम मात्रामा सच्याउँन, सुधार्न वा नदोह¥याउन सकिन्छ । हाम्रो वर्तमान प्रयाश र यो लेखको संक्षिप्त लेद्देश्य त्यतै मुखरित हुनेछ ।

नेपालमा वातावरणीय असन्तुलन

शहरी क्षेत्रमा बढ्दो पेट्रोलीयम पदार्थको उत्सर्जन, आधुनिक उद्योगधन्दाले निकाल्ने रसायनिक तथा अजैवीक कसिंगरको रास (थुप्रो), फोहर मैला अव्यवस्थापन, अब्यवस्थित बसोवास, खोला नालाको चरम अतिक्रमण, अवैज्ञानिक र अवस्तुवादि गरिएका सानातिना थुम्का, ठार वा गौंडाहरूमाथि प्लानिङ्गको नाममा गरिएको पजनी आदि कारणले सहरी क्षेत्र कुरुप बनेको छ । ग्रामिण भेगमा बन फडानी, प्राविधिक विश्लेषण बिनाको भौतिक पूर्वाधार निर्माण, खानी खनिज तथा भौगर्विक संसाधनको अबैज्ञानिक दोहन आदिको कारणले बाढी पहिरो जस्ता विपतिको सामना गर्नु परिरहेछ । भने तराई क्षेत्रमा बन फडानी, चुरेदोहनको प्राकृतिक प्रतिकार स्वरुप निस्केको गिट्टी बालुवाले पुरिएका फाँटहरू बगर र बञ्जर जमिनमा परिणत भइरहेका छन् ।

वातावरणीय असन्तुलन केवल राष्ट्रिय समस्या मात्र होइन, यसको असर राजनीतिक सिमाभित्र सिमित रहँदैन । बंगालको खाडीमा आएको मनसुनको असरले नेपालमा पानी पर्छ, हिन्द महासागरीय क्षेत्रमा आएको चक्रवातको असरले तराई क्षेत्रमा तुँवालो लाग्छ । त्यस्तै हिमाल पग्लँदाको असरले पहाड र तराइ मात्र होइन भारत चीन लगायत क्षेत्रहरूमा अतिबृष्टि, अनाबृष्टिको समस्या देखापर्छ । यसमार्फत बाढी पहिरो मात्र होइन, सुख्खा खडेरीको सामना गर्नुपर्दा कृषि, बन पैदावार लगायत हरेक क्षेत्रमा नकारात्मक असर पर्ने हुन्छ । त्यसैले प्रकृतिप्रदत्त परिवर्तन उनैको नियम भित्र पर्ने नियमित प्रकृया हुने भएकोले मानवीय भूमिका रहँदैन र प्रतिरोध गर्न सकिँदैन । तर मानव निर्मित विविध आयामहरूलाई न्यूनिकरण गर्दै रोक्न अवश्य पनि सक्छौं ।

विश्व वातावरणीय असन्तुलनमा नेपालको भूमिका

अधिकांश उद्योग कल कार्खाना जलबिद्युत, नविजरणीय उर्जाको अत्याधिक प्रयोगको कारणले नेपालद्वारा वातावरणीय क्षति न्यून मात्र पु¥याएको मानिन्छ । प्रकृतिदोहनद्वारा निकालिने केमिकलहरूको न्यून उपयोग वा आपैm निर्माणमा कमि हुनुको कारणले अन्य देशहरूको तुलनामा नेपालले कार्वन उत्सर्जन अत्याधिक कममात्र गर्दछ । त्यसैले नेपाल वातवरणीय उत्सर्जनको मूख्य थलो होइन । र वातावरणीय उत्सर्जनमा सवैभन्दा धेरै नकारात्मक योगदान पु¥उने देशहरूले वातावरण संरक्षण वापत हाम्रो जस्तो देशहरूको निम्ति केही अनुदान सहयोग वा विभिन्न योजना मार्फत सहयोग गर्ने गरेका छन् ।

निष्कर्ष

वातावरण प्रदुषण केवल नेपालको मात्र चासो र चिन्ताको विषय होइन बिश्वकै चासो र चिन्ताको विषय हो । यो प्रकृति प्रदत्त विपत्तिको प्रशंग छाड्ने हो भने मानवनिर्मित समस्याहरूको समाधान असम्भव छैन । प्रकृतिदोहनमा न्यूनिकरण, नविकरणीय उर्जाको उत्पादन वितरण र उपभोगमा बिस्तार गर्दै लाँदा भुगर्भ सन्तुलिन बन्दै वातावरण प्रदुषणमा नियन्त्रण आउँछ । आधुनिक ज्ञान विज्ञानको सदुपयोग र प्रकृति बचाउ अभियालाई सार्थक बनाउन राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलन, गोष्ठिी सेमिनारवाट पारित भएका घोषणापत्र तथा ऐन नियमको पूर्ण पालना गर्दा हामीले हाम्रा हिमाल, बन पाखा, तराइका हरिया फाँट जोगाउँदै सिंगै पृथ्वीको वातावरण सन्तुलन कायम गर्न योगदान नि सक्नेछौं ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *