मेघनाथ रिजाल
पृथ्वीले पनि सूर्यको परिक्रमा गर्छ भन्दा धेरैजसो मानिसहरुलाई पत्याउन अलिक गाह्रो हुन्छ । झट्ट सुन्दा यो कुरा जति गाह्रो कसैलाई लागेपनि वैज्ञानिकहरु किटानी साथ भन्छन् कि – यो हामी बसिरहेको पृथ्वीले सूर्यको परिक्रमा गर्ने नगर्ने भन्ने कुरामा अल्मलिनु भन्दा पनि, यो पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्ने गति २९.२ किलोमिटर प्रति सेकेण्डको तिब्र वेगले सूर्यको परिक्रमा निरन्तर रुपले वेरोकटोक गरिरहेको हुन्छ । यही तथ्यको आधारमा नै धेरै वर्ष अगाडि देखि पृथ्वीवाट भू–उपग्रहहरु प्रक्षेपण गर्ने, अन्य ग्रहहरुमा भू– उपग्रहहरु पठाउने, अन्तर्राष्ट्रिय स्पेस स्टेसन(क्ष्क्क्)मा वैज्ञानिकहरु निरन्तर ओहोर दोहोर गर्ने जस्ता अन्तरीक्षमा केन्द्रित अनगिन्ति कार्यहरु भईरहेका छन् । यी कार्यहरु गर्न पृथ्वीको परिभ्रमणमा अति छोटो समय अर्थात १ सेकेण्डको हजार भागको एकभाग मात्र पनि गडवड भएमा यी परीक्षण कार्य असफल हुनुमात्र होइन कि अन्तरीक्षमा ठूलो दुर्घटनानै निम्तिन्छ भने यो ब्रह्राण्डमा कति छिटोछिटो गतिमा पृथ्वी सूर्यको वरिपरि घुम्ने रहेछ भन्ने कुरामा विश्वस्त रहनुपर्ने कुरामा संङ्का रहदैन ।
वैज्ञानिक तथ्यहरुले के बताउछ भने आजभन्दा करिव १३ अरब वर्ष पहिला नै यो ब्रह्राण्डमा सूर्य लगायत सौर्य मण्डलको उत्पति भएसंगै मूल अंशको रुपमा उत्पन्न भएको सूर्यको केही दुरीमा रहेको हामी बाँचिरहेको यो पृथ्वीले प्रारम्भिक कालदेखिनै सूर्यको परिक्रमा गरिरहेको छ भन्ने कुरामा वैज्ञानिकहरु ढुक्क छन् । सूर्य जस्तै यो ब्रह्राण्डमा अरु अरबौं अरब ताराहरु मध्येको हाम्रो सूर्य आफै एक मझौला आकारको तारा नै भएको हुनाले यसले पनि अरु ताराहरुले जस्तै आफ्नो तारापुञ्जिय केन्द्रको निरन्तर परिक्रमा गरिरहेको छ । अरवौं वर्ष पछिको अन्तरालमा विविध कारणहरुले जब पृथ्वीको वरिपरि वायूमण्डलीय एक ओजन तह देखापर्यो अनि हरितगृह ग्यासहरु बनिए, वादल बन्यो र मात्र पृथ्वीमा पानीको वर्षा भयो, त्यसैको कारणले खोलानालाहरु बनिदै पृथ्वीको होचो र खाल्टो परेको स्थानमा नदीबाट बगेको र वर्षाबाट झरेको पानी जम्मा भएर समुद्र तथा महासागरहरु बनिए । जम्मा भएको सामुद्रिक पानीमा नै बर्षौं पछि विभिन्न तत्वहरुको संयोजन भएर एमिनो एसिड भन्ने नयाँ यौगिक बनियो र यसै यौगिकबाट कालान्तरमा प्रोटोप्ल्ज्मा हुँदै धेरै अन्तरालमा एककोषिय विरुवाहरु विकास भई समुद्रमा देखा परे । क्रमशः एककोषिय विरुवाहरु नै बहुकोषिय विरुवाहरुमा रुपान्तरण भई समुद्र तथा पानीमा नै अनगिन्ति विरुवाहरु बनिए पछि कालान्तरमा ती विरुवाहरुवाट नै एक कोषिय जनावरहरु पनि बनिए । खासगरि समयको लामो अन्तरालमा जीवहरुको शरीरमा रहेका कोषभित्र भएको क्रोमोजममा जीनहरुको संरचनाको सूक्ष्म परिवर्तन भएर नयाँनयाँ जीवजन्तुहरुको जाति विकास भएर आज हामीले देखेका पानी तथा जमिनमा रहने करोडौं प्रकारका वोटविरुवा र जनावरहरु देखा परेका हुन् । यो परिवर्तन हुने क्रम निरन्तर भईनै रहने छ , अझै करोडौं वर्ष पछिसम्म पनि नयाँ नयाँ जातिका अरु थुप्रै जीवजन्तुहरु देखा परिरहने छन् ।
पृथ्वीमा भईरहने यो वातावरणीय परिवर्तनसंगै जीव जनावरहरुमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको हुन्छ ।
परिवर्तित वातावरणलाई आफ्नो अनुकुलन समायोजन गर्न नसक्ने जीवजन्तुहरु नास भएर जान्छन् र त्यस प्रकारको परिवर्तनलाई क्रमिक समायोजन गर्नसक्ने जीवजन्तुहरु पृथ्वीमा फस्टाउदै जान्छन् । महान् जीवसास्त्री चाल्स डार्विनको ५० औं वर्ष लगाएर गरेको खोज, अनुसन्धान र अन्वेषण अनुसार यो कुरा प्राकृतिक अकाट्य नियमभित्र पर्दछ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । यस्ता करोडौ प्रकारका जनावरहरु मध्येको एक सर्वश्रेष्ठ जाति हो मानव । मानव जातिको उत्पति पनि प्राकृतिक उपज नै हो । आजको विश्वमा यही मानव जातिले आफ्नो वर्चस्व जमाएको छ र प्राय सबैै जनावरहरुलाई नियन्त्रण गर्न सफल पनि भएको छ । मानव जातिका कर्म गर्ने हातहरु र उसको श्रृजनशील मस्तिष्कको गहिरो संयोजनबाट नै यस प्रकारको प्रचुर सफलता मिलिरहेको छ । अरु सबै प्रकारका असंख्य जनावरहरुलाई समेत पकडमा राख्न सकेको छ । यो पकड यसरी नै सधैं कायम राख्नको लागि मानिसले पृथ्वीको विषम वातावरणीय अनुकुल हुन शारीरिक र मानसिक क्षमताले कहिलेसम्म कायम राख्न सक्छ त्यसैमा भर पर्दछ ।
हालका दिनहरुमा मानिसहरुका अनियन्त्रित दिमागको उपजले साथै उसका दैनिक क्रियाकलापको कारणले नै पृथ्वीमा हरित ग्याँसहरुको अधिक उत्पादन, वन जंङ्गलको फडानी, माटोमा प्लास्टिकजन्य वस्तुहरुको मिसावट, धुलो र धूवाको अधिक उत्पादन, पृथ्वीको सतहमा धेरै कँक्रिटले ढाक्न दिनु, बाढी र पहिरो आउने परिस्थितिको सिर्जना गराउनु, पृथ्वीको ईकोसिस्टम विथोलिनु, खाद्यचक्र संकटमा पर्नु, कृषिमा जैविक मलको साटो रासायनिक मलखादको अधिक प्रयोग, आणविक भट्टीहरुको निर्माण, दुषित हाईहतियारहरुको प्रयोग, गोला र वारुदको प्रयोग अनि विस्फोटन र नदी तलाउहरुमा फोहोर मैलाको विसर्जन आदि अनगिन्ति मानव सिर्जित परिघट्नाहरुले दिन प्रतिदिन पृथ्वीको वातावरण असन्तुलित भएर यो धर्तीकै चलाख भनिएको मानवहरुकै कारणहरुले गर्दा नै मानवीय समस्या निम्तिई रहेको अनुभव भैरहेको छ । यी र यस्तै कारणहरुले वायु प्रदुषण भएर पृथ्वीको वरिपरि घेरिएर पृथ्वीकै मज्वुत रक्षा कवजको रुपमा रहेको “वजन तह“को विनास भएर यो तह पातलिदै गईरहेको छ र यसरीनै ओजन तह पातलिदै गएर सो तहमा प्वाल पर्यो यदिभने पृथ्वीका मानिसहरुमात्र नभएर समस्त जीवजन्तुहरुमा नै यसको ठुलो असर पर्ने निस्चित छ । यदि उक्त वजन तह प्वाल पर्यो भने सूर्यबाट आएको खराव विकिरण सोझै पृथ्वीको सतहमा आइपुग्ने छ र यो किरण हरेक दृष्टिकोणले अति हानीकारक भई यसले हामीलाई अकल्पनीय खतराजनक परिस्थितिको सिर्जना हुनेछ ।
माथि उल्लेखित कुराहरु मानव सृर्जित समस्याहरु हुन् र यी कुराहरु सचेतना पूर्वक राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपले प्रयत्न गरि यसको न्यूनीकरण गर्न सकिन्छ । यी सवै रोक्न सकिने कुराभित्र पर्दछन् तर यी बाहेक मानिसको पहुचदेखि बाहिर अर्को डरलाग्दो प्राकृतिक समस्या छ त्यो के हो भने – माथिका पहिला अनुच्छेदहरुमा चर्चा भए अनुसार यो हाम्रो सूर्य एक मझौला आकारको तर पृथ्वीवाट सबैभन्दा नजिक रहेको एउटा तारा नै हो । सूर्यले पनि आफ्नो तारापुञ्जिय केन्द्रको परिक्रमा निरन्तर रुपले गरिरहन्छ र गर्नुपनि पर्दछ । यसको सतहमा हामीले अनुमान गरेभन्दा प्रचुर तापमान छ । यो यति ठूलो र बलिरहेको ग्याँसको पिण्ड छ कि सूर्यको आफ्नो सोलार सिस्टम भित्र रहेका सबैका सबै (ग्रहहरु, उपग्रहरु, धूमकेतुहरु, पुछ्रेताराहरु, शिशु ग्रहहरु र धूलीकणहरु) पिण्डहरुलाई सूर्य भित्र राख्दापनि यसको करिव ०.३ प्रतिशत भाग मात्र भरिन्छ भन्ने अनुमान गर्दछन् वैज्ञानिकहरु । अब हामी विचार गरौं त सूर्य भन्ने तारा (पिण्ड) कत्रो रहेछ ? यो बलिरहेको ग्यासहरुको ज्वाला हो र यसको सतह बहुत आँधिहुरी युक्त छ साथै यसको सतहमा प्रति सेकेण्ड ५०० कि.मि.को गतिले ठूलो आँधितुफान चलिरहन्छ ।
हो, यस्तो पिण्डलाई हामी वाँचेको यस पृथ्वीले तिव्र गतिमा परिक्रमा गरीरहेको छ त्यो पनि यसको बाध्यता भित्र पर्दछ भने सूर्य पनि यो भन्दा हजारौं गुणा वेगिलो गतिमा तारापुञ्जिय केन्द्रको वरिपरि अति तिव्र वेगका साथ घुमिनै रहेको छ । सूर्य जति जति र जता जता जान्छ हामी वसेको पृथ्वी पनि त्यतै त्यतै जान्छ र जान कर लाग्छ । यी दुवै पिण्डहरुको दौडाइको क्रममा कुन वेला कस्तो तापमानीय क्षेत्रमा सूर्य प्रवेश गर्दछ ? त्यसको सोझो असर पृथ्वीमा नपर्ने त कुरै भएन । यही सूर्यको सतहमा भएको आँधितुफान, सतहको हलचल र तापीय उतार चढाव आदिको कारणले पनि त पृथ्वीमा तापक्रम बढ्ने, वातावरणमा हेरफेर भई बढी तापको कारणले गर्दा पृथ्वीमा रहेका हिमालयहरुमा हिउँ पग्लेर रित्तीने, मौसममा उतार चढावहरु आउने, लामो खडेरी पर्ने हुदा पानीका मूलहरु सुक्ने, खण्डवृष्टि हुने जस्ता थुप्रै अनगिन्ति र अनपेक्षित समस्याहरु आईरहेका हुन्छन् हाम्रो पृथ्वीमा । यस विषयमा पनि हामीले मनन् गर्ने वेला आएको छ कि कतै सूर्यको सतहमा आएको अथाह उतार चढावको कारणले गर्दा नै आजकल पृथ्वीमा यस प्रकारको जटिलभन्दा जटिल समस्या भित्रिई रहेको त छैन ? यस विषयमा चाहिँ हामी किन नबुझे जस्तो गरेर मौन बस्ने ? अब पनि किन कतै कुनै फोरममा यसको चर्चा परिचर्चा नगर्ने ? ……….?