श्रीराम खाइजु, केन्द्रीय सदस्य – नेकपा माओवादी केन्द्र
यहि असार १६ गतेदेखि बसेको नेकपा माओवादी केन्द्रको स्थाइ समितिको बैठक हिजो १९ गते राष्ट्रिय अन्तराष्ट्रिय सवालमा छलफल र निर्णय गर्दै समापन भयो । बैठकमा देश विदेशका अनेक वर्तमान परिप्रेक्षको साँगो पाँगो विश्लेषण भयो । उखु किसान, सहकारी पीडित, लघुबित्त पीडित, मिटरब्याज पीडित, निजामति कर्मचारी सम्वन्धि भएको कुलिन पिरियडको जालसाजी, लगायत आफ्नो सरकार भएको बेलामा तयार गरेर पनि पेश गर्न बाँकी ४७ वटा बिध्येयकलाई संसदमा पेश र पास गराउने विषयमा छलफल भयो । सरकारले पेश गरेर पास गरेको टि आर सी बिध्येयकलाई सार्थकता दिने र दुइ बुँदे सम्झौतालाई कार्यन्वयन गराई भिजिट भिषा प्रकरणका अपराधिहरूलाई कार्र्यवाहि गराउने वारेमा छलफल भयो ।
देशको मात्र कि विदेशको पनि ..
इजरायल र प्यालेस्टाइनको विषयमा छलफल भयो, इरान र इजरायल युद्धमा जनाधिकार रक्षा र उद्धारको मामलामा छलफल भयो । रुस युक्रेनको युद्धविरामको मामलामा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा खेल्नुपर्ने भूमिकाको मामलामाक विमर्ष भयो । २०८४ को निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर विभिन्न अभियानहरूको मामलामा छलफल चल्यो, काँग्रस एमालेले गर्दै गरेको विभिन्न जनघाति र राष्ट्रघाति निर्णयहरूको साँगो पाँगो विश्लेषण भयो । कुलमान झिकेर हितेन्द्र देव शाक्य ल्याएपछि भएको बिद्युत अनियमितता र राष्ट्रिय घाटाहरूको मामलामा छलफल चल्यो । प्रचण्ड सरकारमा भएको बेलामा नाफामा पुगिसकेको बायुसेवा र आएल निगमको मामलामा सल्लाह भयो । आ–आफ्नो रिपोर्टिङ्गको क्रममा अरु धेरै विषयमा छलफल भयो । देशलाई आत्मनिर्भर बनाउँदै स्वाधिन र समृद्ध बनाउने धेरै विषयमा छलफल भयो ।
सत्ता सम्रक्षित भ्रष्टता
काँग्रेस एमालेले भित्राएका भ्रष्ट तस्कर माफियामुखी नीति संस्कृतिको प्रतिकार गर्दै जनताको अधिकार जोगाउने विषयमा छलफल भयो । अपराध कर्ममा लाग्दै गरेका नेता, कार्यकर्ता, कर्मचारी, ब्यापारी लगायत अनेकौं क्षेत्रमा कृयाशील बिचौलियाको हैसियत र तिनलाई जोगाउने सत्ताधारी पार्टीहरूको भूमिकाको मामलामा छलफल भयो । हिजो देशको प्रमूख दुश्मन सामन्तवाद र बिदेशी थिचोमिचो भएको र हाल भ्रष्टाचार अनियमितता र नीतिगत तथा प्रशासनिक भ्रष्टाचार भएको तथ्यमाथि क्रमैसँग छलफल भयो । निवारणको उपाय अपनाउन पार्टीलाई विगतको तुलनामा आधारभूत रुपले नै बलियो बनाउनुपर्ने निश्कर्ष निकालियो । देशलाई भ्रष्टाचार अनियमिततावाट बचाउँदै अन्तराष्ट्रिय स्तरमा उन्नत बनाउन अर्थ–राजनीतिक क्षेत्रमा अपनाउनुपर्ने नीतिगत अवधारणाको वारेमा छलफल भयो । पार्टी लाईन, इमान्दार नेतृत्व, सक्षम र कुशल कार्यकर्ताको ब्यवस्थापन, विभिन्न पार्टीका नेता कार्यकर्ताहरूसँग पार्टी एकता वा पुनर्मिलन, वा धुर्विकरणको मामलामा छलफल भयो ।
आलोचना कि गाली ?
नेतृत्व गर्ने कमरेडहरूको कमि कमजोरीको मामलामा पनि छलफल भयो । हरेक बैठकमा जस्तै आलोचना र आत्मलोचना पनि चल्यो । एकले अर्कालाई आलोचना वा आत्मलोचना गर्दा मानवीय कमजोरी हो कि नियत जन्य गल्ति हो ? भन्ने विषयमा विवेचना भयो । आलोचनाहरू शालिन थिए, सौम्य र विवेकसंगत थियो । कुनै प्रसंगमा कसैले पनि बिध्वंसात्मक गालिगलौजको विधि अपनाएका थिएनन् । ब्यक्तिकेन्द्रित सत्तोसराप वा आरोप प्रत्यारोपको कुनै भेउ पाउन सकिन्नथ्यो । वास्तवमा पार्टी विगतको तुलनामा अनुभवी, शालिन, तथा अनुशासित देखिन्थ्यो । तर, पार्टी बाहिर तर्क कै निम्ति तर्क गर्ने, बहसकै निम्ति बहस गर्ने बिना तथ्य, बिना कारण बुद्धिबिलासमा रमाउने पेटी बुर्जुवा वर्ग जनार्दन शर्माले पुष्पलाल स्मृति दिवसमा दिएको अभिब्यक्तिलाई फिलिंगो सम्झँदै काँचो पातमा बेस्करी फुकेर धुवाँको कुइरीमण्डल बनाईरहे ।
पत्रकार र बुद्धिजिवीको करामत
राष्ट्रियस्तरका हरेक पत्रिकाहरू, टेलिभिजनहरू, युटुवका त कुरै नगरौं हरेकमा “प्रचण्ड भर्सेज जनार्दन” देखाउने प्रयाश गरिरहे । हुलाकी राजमार्ग र मध्यपहाडि लोकमार्गले ल्याएको जनलहर र आस्थाको पुञ्चहरू धमिलो पार्दै माओवादीको लोकपृयतामाथि दरवारीया र काँग्रेस एमालेकै मिलेमतोमा हिलो छ्याप्ने प्रयाश निरन्तर जारी रह्यो । बालेन, हर्क, रवीलाई दुःख दिने, कुलमान लगायत अनेकौं राष्ट्रसेवकहरूलाई अपमानजनक ढंगले बर्खास्त, सरुवा तथा नसियतका कार्यवाहीहरू अकण्टक रुपमा चल्यो । अफताव आलम जस्ता अपराधि, बालकृष्ण खाँड जस्ता भ्रष्ट धमाधम छुट्न थाले । ६ ठाउँमा धरौटी बुझाउँदा पनि रवी जेलमा बस्नुपर्ने, महिनौं फरार सूचिमा रहेका ऋषिकेश पोखरेलको श्रीमति पेशीकै दिनमा अदालतमा हाजिर, उहि दिनमा धरौटी राखेर घर जान पाउने जस्तो पूर्वाग्रही र आपूmमुखि न्याय दिएर चरम सत्ताको दुरुपयोग देखायो । तै पनि माओवादी माथि नै अपभ्रंसकारी शब्दद्वारा खनिनुको अर्थ के ?
विवाद शुन्य नै हो त ?
हामी ढाँटन जान्दैनौं र जाने पनि ढाँट्दैनौं, माओवादी भित्र विवाद शुन्य होइन । माओवादी मृत्त पार्टी होइन जीवन्त पार्टी हो, त्यसैले बीचारमाथिको बहस, छलफल र बिवाद अन्यथा होइन । तर सिर्जनाको निम्ति गरिएको बहसलाई बिवादको रुपमा संस्थागत गर्न खोज्नु, बहसलाई बिध्वंसात्मक बनाउँदै बिभाजनसम्म पु¥याउन खोज्नु देशी बिदेशीको नित्यकर्म हो, यो गरिरहन्छन् । हामी नवनिर्माणको निम्ति बहस गछौं किनकि बहस छलफलवाट नयाँ भिजन, नयाँ परिकल्पनामुताविकको योजना मूर्त रुपमा आउँछ । त्यसले सामाजिक क्षेत्रको अपनत्व ग्रहण गर्दै हरेक तह, तब्कालाई राज्य, समाज रुपान्तरणमा दायित्वबोध गराउन सक्छ ।
विवादको चुरो के त ?
प्रतिकृयावादी तथा अवसरवादीहरू वर्तमान विवाद पैतिसवर्षदेखि एकल नेतृत्व चलाएर प्रचण्डको निजि कम्पनी बनाएको, पार्टी भित्र जनवाद नभएको, नेतृत्वले नयाँ भिजन दिन नसकेको, पार्टी नेतृत्वले बैद्य बाबुराम बिप्लव लगायत पूर्व माओवादीलाई एक ठाउँमा ल्याउन नसकेको जस्ता बग्रेल्ति आरोपहरू लगाईरहेका छन् । यद्यपी यि आरोपहरू जनार्दन शर्माको तर्फवाट सोध्दा उनी “केवल बिधिको कुरा मात्र उठाएको हो, क. प्रचण्डको विकल्प खोज्ने भन्ने होइन !” भनेको सुन्छौं । तर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सञ्चारमाध्यमहरू यहि कुरा दोहो¥याइनै रहन्छन् । किनकि उनीहरूलाई माओवादीमाथि सकेसम्म पूmट पैदा गर्नु छ नसकिएमा प्रचण्ड सरकारको सकारात्मक कार्य, हुलाकी राजमार्गको अभियान, मध्य पहाडी लोकमार्ग अभियानद्वारा आर्जन भएको लोकपृयतामाथि हिलो छ्यापेर पुनहः एमाले काँग्रेसकै बर्चस्व कायम गराएर दलाल नोकरशाह र माफियाहरूको राज्यलाई निरन्तरता दिनु छ ।
चुरोमाथिको सिँहावलोकन
माथि भनिएका जुनसुकै आरोप लगाएपनि त्यसको मूल तत्व नेतृत्व हस्तान्तरण वा प्रचण्डको बहिर्गमन नै हो । किनकि प्रचण्ड पार्टी सत्तामा रहुञ्जेलसम्म माओवादी भित्रको जनमुखी योजना, देशभक्तिपूण ब्यवहार र क्रान्तिकारी कार्यक्रमवाट बिमुख गराउन नसक्ने ठम्याई छ । त्यसैले नेतृत्वको पुस्तान्तरण मार्फत कच्चा नेतृत्वको हातमा पार्टी सत्तामा पु¥याएर पूरै माओवादी चरित्रलाई धुलिसात बनाउने योजना बुनेका हुन् । नत्र २०२६ साल देखि निरन्तर नेतृत्व गर्दै आएका रोहित, त्यो भन्दा अगाडिदेखि नेतृत्व गर्दै आएका मोहनविक्रम सिँहको मामलामा किन उठाउँदैनन् ? के उनीहरू नेपालको राजनीतिक आन्दोलनमा पूर्ण सफल र क.प्रचण्ड चैं असफल मानिएको हो ?
स्वदेशी तथा विदेशी शक्तिकेन्द्र वरपर घुम्ने हरेक प्रतकृयावादी अवसरवादीहरूलाई राम्ररी थाहा छ, प्रचण्ड बाँकी रहुञ्जेल हजारौं हजारौं बालेन हर्क र रवी जस्ता मान्छे जन्मिइरहन्छन् । प्रचण्ड छउञ्जेल हजारौं कुलमान, महावीर पुन तथा सन्दुक रुइतहरू जन्मिइरहन्छन् । प्रचण्ड रहुञ्जेल हजारौं गगन, विश्वप्रकाश, लगायत पक्ष विपक्षका नेताहरूले काम पाईरहन्छन् । तर यस्ता शासक प्रशासक, नेता कार्यकर्ता र बुद्धिजिवी हजारौंको संख्यामा भए पनि एउटा प्रचण्ड जन्माउन सक्दैन । किनकिः प्रचण्ड वर्तमान युगका युग पुरुष हुन्, देश दुनियाँ फेर्न सक्ने बुद्धि बर्कत र विवेक बोकेका शाहासी योजनाकार हुन् । प्रचण्ड ब्यक्ति होइन विचार हुन्, सिद्धान्त राजनीति र योजना कार्यक्रमहरूको एउटा
प्याकेज प्रोग्राम हो ।
वास्तवमा नेतृत्व कसैको इच्छा आकाँक्षाले मात्र प्राप्त हुने विषय होइन, नत कसैले जवर्जस्त सुम्पँदैमा नेतृत्व बन्ने हो । नेतृत्वको वास्तविक अर्थ नयाँ योजनासहितको बिश्वदृष्टिकोणको परिचालनमा कुशलता पस्कने मामला हो । के प्रचण्डले भन्दा इमान्दार, कार्यदक्षतासहित कुनै नेताले नेपाली क्रान्तिका अभिभाराहरूको दायित्वबहन कुनै नेताले गरेका छन् ? लोकतान्त्रिक गणतन्त्रमा आएपछि महिनैपिच्छे जस्तो नयाँ नयाँ अन्तविरोध र चुनौतिसँग पार्टी हेलिनु परेको छ । ति सवै अन्तर्विरोधहरूको वस्तुवादी हल गर्ने प्रकृयामा कुन कुन नेताहरूको भूमिका प्रचण्ड भन्दा अब्बल सावित भएका छन् ? साँगो पाँगो विश्लेषण गरौं त । त्यसैले नेतृत्व रहरले होइन, देशको राजनीतिक आर्थिक सामाजिक अन्तर्विरोध हल गर्ने योजना लागू गर्ने कार्यकुशलताद्वारा प्राप्त हुने सवाल हो ।
के प्रचण्डकै कमजोरीको कारणले पार्टी डुवेको हो ?
यो प्रश्नको उत्तर खोज्न माओवादी हारेको कहाँ हो ? भन्ने खोज्नुपर्ने हुन्छ । के माओवादी सिद्धान्तमा हारेको हो ? यदि त्यसो हो भने नेपालको संविधानमा ‘समाजवाद उन्मूख’ लेखाउन कसरी सम्भव भयो ? जुन ऐजेण्डालाई सार्थक बनाउन जाति भाषा, सँस्कार सँस्कृति, वर्ग, क्षेत्र, लिँग, धर्म आदिमा समानता ल्याउन समानुपातिक समावेसी, आरक्षण, जस्ता विधिहरू अपनाईयो जसको खुलेर विमति काँग्रेस एमाले मात्र होइन राप्रपाले समेत दिन सकेको छैन । के राजनीतिमा हारेको हो ? यदि त्यसो हो भने माओवादी सत्तामा भए पनि नभए पनि हात्ति जत्रो
पार्टीहरूलाई कसरी आफ्नो एजेण्डामा डो¥याउन सफल भएको छ ?
काँग्रेससँग मिलेर २ सिट, एमालेसंग मिलेर २ सिट नजितेको भए राष्ट्रिय सभामा माओवादी पहिलो दल नबनेको भए लोकतन्त्रमाथि प्रतिगमन भईसकेको हुने थियो । के त्यो उपरिसंरचना माथि प्रचण्डको राजनीतिक हस्तक्षेप र विजय होइन ? चाहे एम सी.सी. हेरौं चाहे अन्य प्रतिगमन विरोधि आन्दोलनको कुरा नै किन नगरौं प्रचण्डको क्रान्तिकारी हस्तक्षेपलाई बैद्य, बिप्लव, बादल देखाएर न्यूनिकरण गर्न मिल्छ ? प्रतिकृयावादीका जुठ्यानमा पालिएका एकाध बुद्धिजिवी, पत्रकारले पैmलाएको भ्रम चिर्दै साचो सत्य संस्थागत गर्नु क्रान्तिकारी भनिएक नेता कार्यकर्ताहरूको दायित्व होइन ? प्रचण्ड खसोखस कमजोर वा माओवादी एजण्डाको औचित्य सकिएको भए त्यस्ता हरेक ठाउँमा हावी हुन कसरी सम्भव भयो ? के यो प्रचण्डको सैद्धान्तिक राजनीतिक र ब्यवहारीक बिजय होइन ?
माओवादी हारेको चैं काँ
वास्तवमा माओवादी हारेको अन्त होइन, चिया चौतारोमा हो, माओवादी हारेको सामाजिक संघ संस्था जस्ता सामाजिक सहकार्यमा हो । माओवादी हारेको नीति नेता र नेतृत्वमा ओइन, कार्यनीति कार्यकर्ता र कार्यक्रमहरूमा हो । किनकि अन्य पार्टीका कार्यकर्ताको के कुरा आस्थावान जनता नै हरेक चोक चौतारीमा छलफल बहसमा सहभागी हुँदा आफ्नो आस्थाको पार्टी नीति कार्यनीति र रणनीतिको रक्षा गरेर अरुलाई सुनाउँछन् । ताकि उक्त मान्छेले उनको कुरा नेतालाई सुनाएर नेतावाट उनी प्रति सदभाव देखाउँदै सद्ब्यवहार दर्शाओस् भन्ने अपेक्षा राख्दछ । तर माओवादी आस्थावान जनताको कुरै छोडौं कार्यकर्ता समेत आपसमा भेट हुनेवित्तिकै आपूm भन्दा माथिल्ला नेताको बदख्वाई गर्न हतारिन्छन्, किनकि उक्त बदख्वाई सुनेर उनलाई फकाउन माथिल्लो पद वा अन्य अवसरहरू उपलब्ध गराओस् ।
माओवादी र अरुमा प्रवृत्तिगत भिन्नता
काँग्रेस र एमालेका कार्यकर्ताहरू आफ्नो पार्टी र नेताहरूको तिलको बियाँ जत्रो उपलब्धिलाई यति बिशाल बनाउँछन् किः सगरमाथाको उचाई फिक्का लागोस्, उनीहरू यति विशाल बनाउँछन् किः सात समुद्रको पानी कम लागोस् । यसको ठिक उल्टो माओवादीका नेता कार्यकर्ताहरू देशमा भएका महान परिवर्तनलाई समेत आफ्नो स्वामित्वमा लिनुको बदला “अझ बढी उपलब्धि लिन सकिन्थ्यो तर नेताको गद्दारीले सव चौपट बनाएको” बिम्व बनाउँछन् । चाहे एम.सी.सी.को प्रकरण होस् वा भिजिट भिषा प्रकरणमा भएको दुई बुँदे सम्झौता अथवा कनिष्ठ जनमतको परिणाम भएको बाध्यात्मक गठबन्धनहरूको चाँजो पाँजो मिलाउँदै गर्दाको प्रशंग नै किन नहोस् । नेतालाई दोषी देखाउन प्राप्त उपलब्धिहरूलाई बुताले भ्याएसम्म न्यूनिकरण गर्दै सकेसम्म दोष देखाउने कोशिस गर्छन् र नेतृत्व र पार्टीलाई दिएर आपूm चोखो बनेको देखाउँन चहान्छन् । के यसरी पार्टीको क्रान्तिकारी शाख जोगिन्छ ? वर्गदुश्मनलाई हराउने ब्रम्हाष्त्र प्राप्त हुन्छ ?
सामाजिक सञ्जाल र माओवादी
सामाजिक सञ्जालमा विवाह मृत्यु, घुमघामको तस्वीर देखिन्छन् तर पार्टी क्रान्ति र नेताहरूले देश र जनताको पक्षमा खेलिएको भूमिकाको छनक सम्म दिंदैनन् माओवादी हारेको परिवार छिमेकी र समुदायमा हो । मानौ पार्टीको ठूलो पोष्ट कब्जा गरेर बसेकाहरूले पार्टीको पक्षमा बहस गर्नुे कार्य त कनिष्ठ कार्य हो, बरिष्ठहरूले त केवल अर्काले तयार गरेको मञ्चमा चढ्ने हो, भषण गर्ने हो र त्यसको प्रोपगण्डा पत्रकार तथा कनिष्ठ कार्यकर्ताहरूले प्रचार गर्ने हो । अपूmले पार्टी र मुख्य नेताले गरेको देश र जनताको लागि गरिएको सकारात्मक कार्य स्थापीत गर्नु आवश्यक मान्दैनन् ।
वर्गदुश्मन माओवादीको कमजोरी कहाँ होला र त्यहाँ मचक्कै प्रहार गरौंला भन्दै दोवाटो ढुकेर बस्छन् । यदि कुनै बहाना फेला नपारे कृतिम समस्या खडा गरेर भएपनि भ्रम बेच्न तयार हुन्छन् । तर माओवादी न नेता र नीतिको सफलताको प्रचार गर्छन् नत दुश्मनको अफवाहको प्रतिकार गर्छन् । उल्टै दुश्मनको अफवाहमा आपूmलाई समाहित गरिदिन्छन् । त्यसैले हिजो जीवन मरणको युद्धमा गोलिले ढाल्न नसकेका योद्धाहरू आज दुश्मनको बोलिले धमाधम ढल्दैछन् । के यि सवै मोर्चाहरूमा पनि प्रचण्ड आपैm जुध्नुपर्ने हो ? हरेक सवालमा हरेक गाउँमा हरेक टोलमा चोक चोकमा, घर घरमा पार्टी र माओवादी आन्दोलनको उपलब्धि बताउन क. प्रचण्ड नै आउनुपर्ने हो ? प्रचण्ड असफल भएको हिसव गर्ने हरेक नेता कार्यकर्ताहरूले आफ्नो असफलताको दायित्वबोध कहिले गर्ने ?
प्रचण्ड सफल कि असफल ?
बैद्य, बाबुराम, बिप्लव देखाउँदै उनीहरूलाई पार्टीमा टिकाई राख्न नसक्नु प्रचण्डको असफलताको रुपमा ब्याख्या गरिरहेका छन् । के उनीहरू बीचार र तर्क विनाका बाँधा मजदर हुन् ? कि कसैको गोठ वा कटेरामा बाँधिएका गाई गोरु वा भेडा बाख्रा सम्झ्या ? मान्छेलाई बाँध्ने चेतनाले हो, डोरी वा सिक्रिले होइन । बैद्य बाबुराम विप्लव र बादलहरूसँग केवल बाँच्नको निम्ति खाने र खानको निम्ति बाँच्ने चेतना मात्र होइन, देश र दुनियाँलाई हेनेै आफ्नै नजर पनि छ । आफ्नो स्वतन्त्र आँखाले हेर्ने र त्यसको विवेचना गर्ने दृष्टिकोण पनि छ । त्यसैले उनीहरूलाई जनयुद्धको भावनात्मक मितेरी साइनोद्वारा टिकाउँन भूमिका कति खेल्यो ? वा उनीहरूसँग एकताको पहल कसले कतावाट कति ग¥यो त ? हिसाव गर्नु पर्दैन ? कि प्रचण्डको चाहिँ रौंसिरा केलाउने अरुको सात खत माफ ? !
यस्तै हो न्यायको सर्वमान्य सिद्धान्त ?
त्यसैे यदि क.प्रचण्डको कमजोरी नै कमजोरी देख्ने, आफ्नो शिरदेखि पैतालासम्म दुधले धोएको चोखा देख्ने मित्रहरूले बुझुन् प्रचण्डले जिम्मा लिएको हरेक मोर्चामा विजय हात परेको छ । तर चोक चौतारोको मोर्चामा कसले हारेको याद गरुन् । बौद्धिक वा प्रशासनिक राजनीतिक भूमिका निर्वाह गर्ने ठाउँमा कसले हारेको हो सम्झिउन् । सञ्चार तथा सामाजिक सञ्जालहरूमा कसले हारेको हो निधार खुम्च्याएर सोचुन् । अर्कालाई दोष लाउनु जति सजिलो छ, जिम्मेवारी पूरा गर्न त्यो भन्दा हजार गुणा कठिन भएको नविर्सिउन् । त्यसैले कमरेडहरू बाबुराम बैद्य विप्लव नआएकोमा गुनासो मात्र होइन, उनीहरू आईहालेमा यहाँ हुने सैद्धान्तिक राजनीतिक तथा प्राविधिक असन्तुष्टीहरूको विषयमा समाधान कसरी निकाल्ने कसैले सोचेका छन् ? त्यसैले सम्भावना देख्दा चुनौति भुल्ने र चुनौति देख्दा सम्भावना नै नदेख्ने अधिभूतवादी नबनौं, हामी सकारात्मक भित्र नकारात्मकको अँस देख्ने र नकारात्मक भित्र सकारात्मकको पनि अँस देख्ने द्वन्दवादी बनौं, जता फक्र्यो उतैको मात्र संसार मान्ने अधिभुतवादी नबनौं ।
धेरै अगाडिको कुरा छोडौं, २०७९ मा सम्पन्न निर्वाचन पछिको मात्र हिसाव गर्दा पनि माओवादीले देश र जनतालाई दिएको उपलब्धिको ब्यापार गर्न नसकेकै कारणले माओवादी खुम्चँदै ३२ सिटमा झ¥यो । राजनीति भित्र हुने इमान्दार चातुर्यताले आफ्नो नेतृत्वमा सरकार बनाउन सफल भयो । सरकार बनेको क्षणदेखि नै राम्रो बाहे क्यै नगर्ने बाचा गर्दै सरकार दैनिक सकारात्मक सहकार्यको निम्ति लागि प¥यो ।