के प्रचण्ड परिवारवादी भएकै हो त ?

 

श्रीराम खाईजु

आरम्भ

के प्रचण्ड परिवारवादी भएकै हो त ? आजभोली यत्रतत्र सर्वत्र ठाउँ कुठाउँ सबैतिर सुनिने आरोप हो ! प्रचण्डमाथि लाग्ने आरोप मध्य सम्भवतः सबैभन्दा धेरै निधार खुम्च्याउनुपर्ने आरोप हो यो । के प्रचण्ड परिवारवादी भएकै हुन् ? के लोकतन्त्र र गणतन्त्रको उपलब्धि केवल प्रचण्ड र उनकै परिवारले मात्र उपभोग गरेका हुन् त ? वा लोकतान्त्रिक गणतन्त्र ल्याउन प्राणको आहुति दिने शहिदहरु, आफ्नै जीवन दाउमा राखेर माओवादी पाल्ने जनसमुदाय र अन्य कसैले पनि लोकतन्त्रको उपब्धि नपाएकै हुन् त ? अझ उनीहरु योद्धाहरुलाई प्रचण्ड र माओवादीले अपमान गरेको सम्म भन्न भ्याउँछन् । के त्यसै हो ? त्यसै हो भने जनयुद्ध र योद्धाहरुको सम्मान गर्ने तिनीहरुले कतिजना योद्धाहरुको निम्ति कति सहयोग गरे ? उनीहरुको परिवार र लालाबालाको हेरचाहाको निम्ति सरकारी सहयोग र वातवरण तयार गर्न कस्तो नीति कार्यक्रमहरुको अबलम्बन गरे ? बरु उनीहरुले प्रचण्डले ल्याउन खोजेको जनयोद्धाहरुको सहयोग प्याकेज वा शान्ति प्रकृयाका बाँकी कामहरुमा टाँग अड्काउन द्धन्दपिडितको नाममा गंगामायाँ देखि उज्जनको दिदीसम्म सैयौं पिडितहरुलाई भृकुटी मण्डव देखि देश बिदेशमा अभियान चलाएर संयौं ठाउँमा अवरोध सिर्जना गरेको तथ्यहरु नबिर्सौ । जसको कारणले संक्रमणकाल लम्बिएको र वास्तविक पिडितले न्याय पाउन ढिला भएको वास्तविकता नबिर्सौ ।

भ्रमको आहालको महत्व

यसरी उनीहरुले प्रचण्ड वा उनका नातागोता देखाउँदै जनयुद्धका नेता कार्यकर्ता वा उनका परिवारले देशको सेवा गर्न पाउँदैनन् भन्ने भाष्य निर्माण गर्न खोजेका हुन् ? सक्छौ भने प्रचण्ड वा उनका नातागोता जजसले राष्ट्रसेवाको निम्ति अवसर प्राप्त गरेका छन् उनीहरुको शक्तिको दुरुपयोग गरेको एउटा मात्र प्रमाण र तथ्य ल्यायो भने त्यसपछि बहस गरौंला । नत्र लोकतन्त्रका लाखौं सकारात्मक अवयवहरुलाई छोप्न यस्ता अफवहाहरुको खेति गरेर भन्न र गर्न खोजेको के ? के प्रचण्ड वा माओवादी नेताका सन्तानहरु त्यो परिवारमा जन्मनु अपराध हो ? के उनीहरु देशको सेवा नगरी ईश्वर पोखरेलको छोरा जस्तो ठेकेदार बनेर राज्य लुट्नुपर्ने हो ? वा अन्य नेताका छोरा जस्तो गुण्डागर्दी बलात्कारी बन्नुपर्ने हो ? अमुक नेताका सन्तानहरु जस्तो हप्ता उठाउँदै हिडनुपर्ने हो ? वा काँग्रेसका कैयौं नेतापुत्रहरु जस्तो गुण्डा तस्कर कालाबजारीया माफिया वा अन्य के बन्नुपर्ने हो ? जवाफ दिन सक्छन् ती प्रश्नकर्ताहरुले ? के नेपाली राजनीतिक आन्दोलनको यत्रो महान रथ उनीहरुको रगत पसिना बिना त्यत्तिकै कसैले ईच्क्षाएकै भरमा सरासर गुडेको हो ? कसैको स्तुतिगान र तथास्तुको भरमा देशमा रहेको अमानवीय बिभेदको पर्खाल भत्केको हो ?

हजारौं शहिदहरुको रगत, लाखौं कार्यकर्ताहरुको योगदान र कराडौं मुक्तिकामी नागरिकहरुको शुभेक्षाले हिजो अमानवीय बिभेदको साँग्लो चुँडिएको हो । सामाजिक र राजनीतिक आग्रहको आधारमा सिमान्तिकृत बनाईएर राज्यका हरेक निकायवाट योजनावद्ध बहिस्कृत पारिएका जातजाति, भाषा, धर्म, बर्ग, क्षेत्र, लिंग आदिले समानुपातिक प्रतिनिधित्वको अवसर पाएका हुन् । जसको कारण उनीहरु रैतिबाट नागरिक बनेका छन् र देशप्रति अपनत्व ग्रहण गर्दै राष्ट्रोन्नतीको मार्गमा आफुलाई सहभागी गराउन पाएका छन् । के तिनीहरु सबै प्रचण्डकै परिवार वा उनैका सन्तान मात्र हुन् त ? हिजो केन्द्रीकृत राज्यले मुठ्याएर दुरुपयोग गरिरहेको राज्यकोषलाई गाउँगाउँ पु¥याएर आफ्नो ठाउँमा आफैले योजना बनाएर लागू गर्ने नीति ल्याएकोले आज गाउँ टोलमा बिकासको निकाश लगेको छ के त्यो सबै विकासको पूर्वाधारहरुको उपयोग प्रचण्डकै परिवारले मात्र गरेका छन् ? बाटोघाटो, पुलापुलेसा, स्कुल कलेज, अस्पताल र स्वास्थ्य चौकीहरु के प्रचण्डकै परिवारले मात्र उपभोग गरिरहेका छन् ? त्यसैले यस्ता अफवाहमा नयाँ पुस्ता लाग्नु भनेको हिजोकै शोषक सामन्त र दलाल नोकरशाहहरुको लुटको स्वर्ग बचाउने ज्यामी खेताला बन्न जानु नै हुन्छ, जो नित्तान्त दुखःद छ ।

अवहेलना कसले कसलाई ग¥यो ?

जहाँसम्म घाईते योद्धा बेपत्ता परिवार तथा शहिद परिवारको बृत्ति विकासको कुरा छ, प्रचण्ड वा माओवादी पार्टी बाहेक अरु कसले उनीहरुको चौतर्फी भरथेगको मामलामा अरु कसले टाउको दुखाएको छ ? अरुले त उनीहरुको नाम लिंदै प्रचण्ड वा माओवादीलाई खुईल्याउने हतियारको रुपमा मात्र नाम लिने गरेका हुन् नत्र अलि ईतिहासतिर नजर लाउँ त … घाईते योद्धा, शहिद र बेपत्ता परिवारलाई थोरबहुत राज्यले सहयोग गरौं भन्दा हरेक पटक तीन हात उफ्रेर बिरोध जनाउने यी नै एमाले काँग्रेस होइनन् र ? शान्ति प्रकृयाका बाँकी काम टुंग्याउने, सत्य निरुपण तथा मेल मिलाप आयोगको प्रतिवेदनलाई पुर्णतादिने र त्यसले निर्देशित गरेको बिबिध प्याकेज प्रोग्रामहरु लागु गरेर उनीहरुका बालबालीकाहरुको शिक्षादिक्षा र परिवारीक रोजीरोटीको ग्यारेन्टीको व्यवस्था मिलाउने गतिविधिमा हरेक पाइलामा भाँजो उनीहरुले नै हालेका होइनन् ?

तर एकाध जनसेना भनिएका प्रतिकृयावादीहरुका प्यादाहरु जो प्रचण्ड सरकारको हरेक सकारात्मक कामहरुलाई छायाँमा पार्न उफार्ने गरेका छन् । चाहे त्यो लाहानु नामका थारु हुन् वा लेनिन भनिने बिस्ट्या नाती हुन् तिनीहरुको माओवादीमय ईतिहास होइन । लाहानु २०५८ को खुल्ला परिवेशमा उपत्यकामा केही समय लागेका हुन्, र संकटकाल लागेपछि आफै सम्पर्क बिच्छेद गरेका हुन् । तैपनि फेरि शान्ति प्रकृयापछि ठाउँ खोज्दै पार्टीमा छिर्न कोशिस गरेपनि ठाउँ नदिएपछि सराप्दै हिँडेका हुन् । भने लेनिन भन्ने केटो शान्ति वार्ताको बेलामा सात हजार तलव पाउने लोभले क्यान्टोनमेन्टमा बस्न हिँडेका हुन् । उनीहरु कुनै माओवादी इतिहासको बिरासत जोगाउन चिच्याएका होइनन् प्रतिकृयावादीहरुको आवश्यकताका खेताला बन्दै माओवादीको महान परिर्तनकारी भूमिकाको बलिदिन चिच्याइरहेका हुन् ….। तर सबैलाई थाहा छ बोकेको कुकुरले मृग मार्दैन ।

बर्गसंघर्षको एउटा कडी

निश्चय पनि बर्गसंघर्षको रुप फेरिएको छ, त्यसको निशाना र कार्यबिधिको मामलामा समयले आकाश जमिनको भिन्नता ल्याएको छ । बिगतमा राजतन्त्रनै नेपाली जनताको मूख्य दुश्मन थियो, त्यसको वरपरको काँग्रेस एमाले केवल त्यसको रक्षाको निम्ति अरौटे भरौटेको रुपमा कार्यरत थिए । तर हाल राजतन्त्र छैन, देशी बिदेशीतत्वले बिगतमा भैंm प्रत्यक्ष हस्तक्षेप गर्न सकिरहेको छैन । त्यसैले काँग्रेस एमालेले लोकतन्त्रलाई आफ्नो निम्ति कसरी प्रयोग गर्ने ? यसको उपलब्धिलाई कसरी सामुहिक वा राष्ट्रिोन्नतिको लागि उपयोग हुनबाट बिमुख गराउने ? उनीहरुको मूख्य योजना यही छ । तर माओवादी लोकतन्त्रको समृद्धिकरण मार्फत देश र जनतालाई माथि उठाउँदै समाजवादको यात्रामा कसरी लाग्ने भन्ने मार्गचित्रको खोजीमै छ । त्यसैले काँग्रेस एमाले र उनका अनुदार तप्का सकेसम्म यहाँका भ्रष्ट, माफिया कालाबजारीया र तस्करहरुको हक–हित रक्षाको निम्ति नीतिनिर्माण गर्दैछन्, देशलाई केवल आफ्नै निम्ति प्रयोग गर्न सामुहिक हक हितबाट बिमुख गराउँदै केवल ब्यक्तिगत, गुटगत वा पार्टीगत स्वार्थसिद्धको हतियार बनाउन चाहन्छन् । माओवादी त्यस्ता कुतत्वहरुको अन्त्यगरि चिरकाल सम्म लोकतन्त्र, जनजिविका र राष्ट्रियताको सवालमा फेरि नेपाली नागरिकहरुले त्याग तपस्या गर्न नपरोस् बलिदान दिन नपरोस् भन्ने ध्येयमा छ । त्यसको लागि बिगतमा आफु मरेरैपनि सामन्ती राजतन्त्र निमिट्यान्न गर्ने उद्देश्य लिए, तर आज आफु बाँचेर देशी बिदेशी प्रतिकृयावाद र त्यसका रक्षकहरुको राष्ट्रबिरोधी हरकतहरुको भण्डाफोर गर्दै त्यसको उपचारको योजनामा व्यस्त छन् ।

र अन्तमा

त्यसैले जनता जहाँसुकै पुगुन्, आफ्नो लुटको स्वर्ग रक्षा हुनु नै लोकतन्त्रको मर्म ठान्ने काँग्रेस, एमाले र दरबारीया यलिट बर्ग र आफ्नो व्यक्तिगत वा सामुदायिक स्वार्थमा जस्तोसुकै डढेलो लागोस् तर देश र जनता जोगिनु पर्छ यसको छलाङ्गमय विकास भएर विश्व मानचित्रमा देशको नाम उच्च रहनुपर्छ भन्ने माओवादीबीच आकास जमिनको भिन्नता छ । यो कुरालाई नेपाली युवाजगतले जुनदिनसम्म व्यवस्थित ढंगले आत्मसात गर्दैन तबसम्म संक्रमणकालको प्रशव बेदना लम्बिइनै रहन्छ । देश दुर्दशाको झमेलाबाट उम्कन त्यत्तिनै धेरै समय लाग्छ । त्यसैले युवाहरु बहकाउमा होइन यथार्थ सत्यतथ्य खोजौं र त्यसको आधारमा विचार निर्माणमा ध्यान्दिउँ । धन्यवाद …

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *