सपना साम्यवादको जपना पुँजीवादको !

 

श्रीराम खाईजु 

देशलाई स्वाधिन सम्पन्न र समुन्नत बनाउन आत्म बलिदानी दिएर हिड्ने तमाम नेता कार्यकर्ता वा जनसमुदायको नुर गिर्नेगरी चोक चौतारा सवैतिर माओवादीको युद्धकै कारणले देश पछि परेको, यसैको कारणले गर्दा युवाहरु बेरोजगार बनेर खाडी जानु परेको, देशका अनेकौं भौतिक संरचना ध्वस्त भएको, भ्रष्टाचारको अनगिन्ती श्रृंखला बनेको जस्ता अफवहा फैलाईरहेका छन् भने अर्को पक्षका मानिसहरु माओवादीले जनवादी गणतन्त्रमा पु¥याउँछु भन्दै दलाल तथा नोकरशाही व्यवस्थामा फसाएको, आफु र आफ्ना परिवार र आसेपासे बाहेक अरुले व्यवस्थाको उपभोग गर्न नपाएको आरोप लगाईरहेका छन् ।

उनीहरु बजारु तर्क गरिहाल्छन् के यत्तिको निम्ति हामीले हाम्रो ज्यान हत्केलामा राखेका हौं ? सुन्दा टिठ लाग्छ, योद्धाहरुप्रति दयापनि पलाउँछ, र नेता र नेतृत्वप्रति घृणाको ज्वालापनि निस्कन्छ । किनकी यो तर्क असाध्यै मर्मस्पर्सी भएकै कारणले बिकाउपनि छ र प्रतिकृयावादीहरुमात्र होइन युद्धमै लागेका तर युद्धको मर्म नबुझेका एकाध स्वार्थी तत्वहरुपनि आफ्नो बिस्कुन उनीहरुकै छेउमा सार्दै नाङ्गलोपसल थापिरहेको देखिन्छ । जसले युगपरिवर्तनको महान सगरमाथालाई पर्दा लागाउँदै आएका छन् ।

श्रम, लगानी र योगदानको अवमूल्यन गर्नु, त्यसको मर्ममाथि प्रहार गर्न अनेकौं फत्तुर लाउदै आफु चोखिन खोज्नु ईतिहासमाथि नै महान गद्दारी हुन्छ । त्यसैले इमान्दार बर्गले आगामी पुस्तालाई सचेत बनाउँदा झुठमुठको आधारमा नभई ऐतिहासिक तथ्यको आधारमा केलाईएको सत्य बताउने र ईतिहासप्रति गक्षले भ्याएसम्म न्याय दिनु कर्तब्य ठानेर यो संक्षिप्त प्रयाशमा छु ।

कुन कोणको आक्रमण चोटिलो ?

फलेको रुखमा ढुंगा हान्नेहरुको हिसाव गरि साध्य हुँदैन । तैपनि संगठित आक्रमणले फल मात्र होइन बोट र त्यसको वरपरको जमिनमै दिर्घकालिन असर पर्ने देखि यो प्रतिरोधको खाँचो देखियो । खासगरी यतिखेर अग्रगामी कार्यदिशालाई दुइतिरवाट जोडदार आक्रमण भएको छ । पहिलो बर्गबन्धुको नाममा भएको आक्रमण, दाश्रो बर्गदुश्मनको तर्फवाट भएको आक्रमण ।

क. बर्ग बन्धुको नाममा भएको आक्रमण

१९९० को रुसी समाजवाद पतन, १९९४ मा पेरु क्रान्तिका अग्रदस्ता क. गोञ्जालोको गिरफ्तारी तथा बिश्वका अन्य देशहरुमापनि कम्युनिष्ट सत्ता धमाधम बिघटन, बिसर्जन भईरहेका अवस्थामा सुरु भएको नेपाली क्रान्ति साँच्चै नै बिश्वक्रान्तिको महान चिराग थियो । निराशा कालो बादल छाईरहेको बेला आशावादको एउटा गतिलो दियालो थियो । त्यसैले प्रतिकृयावादीहरु यसको प्रकाशलाई तत्काल निभाउन पैतालादेखि टुप्पिसम्मको प्रयाशमा कहिँ कतै कसर बाँकी राखेका थिएनन् । तर बुद्धिमत्तापुर्ण नेतृत्व, युगौंदेखि शोषण उत्पीडन र बिभेदको जाँतोमुनि पिसिएका तमाम देशवासीहरुको मुक्ति र क्रान्तिको निम्ति असिम त्याग तपस्या जोश जाँघरकासाथ सहभागिता, मायाँ महत्वपूर्ण सत्कारले देशको क्रान्तिलाई प्रतिकृयावादी दमनचक्रले दबाउन सकेन । उनीहरुकै भाषामा छत्तिस बर्षे केटाहरुको क्रान्तिले २३७ बर्षे परिपक्व सत्तालाई ढलाई छोड्यो ।

तर आफुले आँट्न नसकेपनि अर्काले गरेको त्याग तपस्या र योगदानको महानतालाई न्यूनीकरण गरेर आफ्नो धन्दा टिकाउन सिपालु कम्युनिष्ट नमधारीहरुले अत्याधिक लगाउने आरोप हो यो । उनीहरु यो समाजको बिकृति देख्छन् बिसंगति देख्छन् तर समाधानको उपाय देख्दैनन् । उनीहरु बिगतको बिकृत राजनीति देख्छन् तर नयाँ पुस्ता र युवाहरुलाई देखाउन चाहँदैनन् त्यसैले बिगतको सामाजिक कुरिती, कुसंस्कार र सामाजिक आर्थिक राजनीतिक भेदभाव र बहिस्करणको बिरुद्ध भएको महान त्यागपुर्ण अभियानलाई “बिदेशीको साहारामा !” वा “बिदेशमै बसेर बिदेशकै निम्ति !” वा यस्तै समअर्थी शब्दहरुद्धारा गाली गर्दै आफ्नो अकर्मन्यता, राजनीतिक अदुरदर्शीता वा अपरिपक्व अराजनीतिक गतिविधिमाथि पर्दा हालिरहेका हुन्छन् ।

जनतालाई ढाँट्न गुलिया तर्कको खोजी गर्दै गर्दा उनीहरु के भुल्छन् भने ईतिहास एक दिन र एक रातमा तयार हुँदैन, आदि र अन्त्यपनि हुँदैन । त्यसैले यो निरन्तर संघर्षको प्रकृयावाट गुज्रने, हजारौं हारबाट एउटा जित निकाल्ने महान प्रकृया हो । यो सिधा र सरल रेखामा होइन असाध्यै कस्टसाध्य बाँगोटिंगो उकालो ओरालो भिर पाखा हुँदै अगाडि बढ्छ । त्यसैले कमरेड माओले असाध्यै प्रस्ट भाषामा भन्नुभयो “क्रान्ति गर्नु भनेको लेख लेख्नु, कलाकारिता गर्नु वा कार्चेपी भर्नु होइन !” तर कम्युनिष्ट नामधारी समुहहरु माओवादीले झुक्याएको देख्छन्, प्रचण्डले ढाँटेको देख्छन् । “समाजवादको सपना बाडेर पुँजीवादी सत्तामा आत्मसमर्पण गरेको !” भनिरहेका छन् ।

के साँच्चै माओवादीले ढाँटेरै आफ्नो सिद्धान्त राजनीति र महान बलिदानीपूर्ण ईतिहासमाथि गद्दारी गरेकै हुन् त ? क्रान्ति कुनै अमुर्त निर्जीव शब्दहरुको गुजुल्टो होइन, यो आफु उभिएकै ठाउँमा, आँखा, कान, नाक, हात वा खुट्टाले भ्याउने, देख्ने, सुँगन सक्ने वा अनुभूत गर्न सक्ने अवस्थामा भएका शोषण उत्पिडन, दमन वा बिबिध रुपमा लुट खसौटको बिरुद्धमा गरिने बिद्रोहको प्रतिनिधिमुलक शब्द हो । जुन शब्दको सार्थक प्रयोगले उत्पिडित समुदाय मुक्तिको अनुभूत गर्छ । त्यसैले हिजोको निम्ति गाउँ गाउँमा रहेका शोषक सामन्ती, जाली फटाहा, सुदखोर वा सुराकी आदिलाई लखेट्दा, उनीहरुको जालसाजी र लुट खसौटवाट गाउँलाई मुक्त गराउँदा तमाम जनता आफुले भोग्दै आएको शोषण उत्पिडनवाट मुक्त भएको अनुभूत गर्थे भने आज शाहरमा बसेर सत्ताका हरेक अवयवमा राईदाई मच्चाउँदै देश र जनता लुट्दै आएका भ्रष्ट माफिया, तस्करमाथि जाई लाग्दा प्रचण्ड वा माओवादीले आत्मसमर्पण गरेको हुन्छ ?

यदि त्यस्तै भन्ने हो भने प्रचण्डले गर्न नसकेको वा जनताको अधिकार सुरक्षित गर्ने समाजवाद वा जनवादी गणतन्त्र ल्याउने आन्दोलन गर्ने मैदानमा जाने घोषणा गर्दै ०६८ मा छोडेका बैद्य बिप्लव लगायत माओवादी चोइटाहरु, जनवादी क्रान्तिको सुरुवाती प्रकृयामै असहमति जनाउँदै संधै प्रचण्ड वा माओवादीलाई गाली गरेरै आफुलाई क्रान्तिकारी दर्साउँदै आएका रोहित वा चित्र बहादुरहरुले कहाँ नेर समाजवादी गतिविधि गरे ? समाजवादमा जाने बाटो कति सफा गरे ? समाजवादी मार्गमा कतिवटा ईट्टा थपे ? आफुलेपनि गर्न नसक्ने अर्काले गरेकोमापनि बेतुकका कुतर्क गर्दा देश र जनतालाई फाईदा हुन्छ कि देश र जनता लुट्ने बर्ग बैरीलाई फाईदा ?

चाहे राष्ट्रियताको मामलामा होस् चाहे जनजिविका वा जनतन्त्रको मामलामा होस् देशी बिदेशी प्रतिकृयावादीहरुको हरेक प्रहारको ठिक्क ठाउँमा बसेर मात्रा मिलाई मिलाई प्रहारको प्रतिउत्तर माओवादी वा प्रचण्डले नै दिईरहेका होइन र ? तैपनि उनीहरुको कमजोरी छैन भन्ने किमार्थ होइन तर खाँदापनि गाली, बस्दा सुत्दा उठ्दा जे गरेपनि सत्तो सरापकै भागिदार किन बनाउँछन् ? के प्रचण्ड वा माओवादीलाई गाली गरि धानिएको बिरासतले क्रान्ति गर्छ ? यदि उनलाई गाली गर्दा समाजवाद आउँछ भने, सामाजिक रुपान्तरण हुन्छ भने, प्रतिकृयावादी सत्ता, त्यसको बिबिध जनबिरोधि एजेण्डाहरुको विकल्प तयार हुन्छ भने सवै मिलेर प्रचण्ड मुर्दावाद भनौं, नभए प्रतिकृयावादीहरुको लुट खसौटको खेति सपार्ने बाँझो फोर्न तिनका खेताला किन बन्ने ?

सवैलाई थाहा छ, बाहिरको भन्दा भित्रको सत्रुले धेरै क्षति पु¥याउँछ । रामको हजार प्रहारलाई हाँसेरै टारेका रावणले बिभिषणको कानेखुसी थेग्न नसकेको सवैलाई थाहा छ । त्यसैले माओवदी युद्धलाई आफ्नो स्वार्थको साधन बनाउन कोशिस गर्ने, युद्ध र योद्धाहरु, आफ्नैपनि धेर थोर योगदानलाई मागिखाने भाँडो बनाउन चाहाने स्वार्थि तत्वहरु जसले माओवादीको वर्तमान प्रकृयाको हरेक कोणवाट अपभ्रंस गर्ने, अपब्याख्या गर्ने, र साना साना घटनाहरुलाई अतिञ्जित गर्दै युद्धको महानतालाई होच्याउन दुश्मनको काँध चढ्नेहरु बेलैमा चिन्ने र उनीहरुको हरेक बेतुकका तर्कहरुको ओठे जवाफमा कञ्जुस्याई गर्नु हुन्न ।

त्यस्तै आफुलाई कम्युनिष्ट नै भन्ने, माक्र्सवाद, लेनिनवाद, माओवादको ओठे रटान पनि लगाउने तर नेपाली समाजमा रहेको शोषण उत्पिडन, बर्ग क्षेत्र, लिंगीय बिभेदको अन्त्य, धर्म संस्कृति, जाति भाषमाथिको बिभेद बिरुद्ध एक कदम नचाल्ने तर जो जस्ले त्यसको बिरुद्ध कदम उचाल्छ उनीहरुलाई नै गालि गरेकै भरमा क्रान्तिकारी झोला थाप्दै पेट पालेका रोहित र चित्रबहादुरको प्रहारपनि यतिखेर चानचुन छैन । उनीहरु समाजवादको नारा त भट्टयाउँछन् तर सामाजिक समताभाव ल्याउने, अवसरहरुमा समान पाहुँच पु¥याउन पुलको काम गर्ने संघीयताको बिरोध गर्छन् । मौका हेरी यदाकदा जाति भाषा संस्कृतिको कुरापनि गरि टोपल्छन्, ब्राम्हणवादी आधिपत्यले अरु समुदायले नेपाली भन्ने गौरव नपाएको गुनासोपनि गरिटोपल्छन्, तर एकाधिकार जमाईरहेका एकल जातीय ब्रम्हणवादलाई नियन्त्रण गर्दै सवैलाई समान अवसर प्रदान गर्ने समानुपातिक समावेसीको जमेर बिरोध गर्छन् ।

जनताको माझमा जाँदा देशको बिनाशमा बिगतको राजतन्त्र र एकात्मक सामान्ती शासनलाई जिम्मेवार मान्छन् तर मौका पाउनेबित्तिकै “कम्युनिष्टहरुको संघर्ष राजतन्त्रसंग कहिल्यै नभको बरु नरोद्धम सिहानुक जस्तालाई राजामा पुनस्थापित गरि राजतन्त्रसंग कम्युनिष्टहरुको घनिष्टता स्थापित गरेको !” कुतर्क गर्दै नेपाली जनताको ७० बर्ष लामो संघर्ष हजारौं सपुथहरुको त्याग तपस्या र बलिदानमाथि अवहेलना र अभद्रता पस्कँदै ईतिहासमाथि नै हिलो क्ष्याप्छन् । अर्थात उनीहरु कथनीमा समाजवाद करनीमा पुँजीवाद नै गर्छन् । अर्थात उनीहरु आफुलाई देश र जनताको सेवक मान्नुभन्दा प्रतिकृयावादीहरुको आवश्यकताको आधारमा बोलाईने खेताला सम्झन्छन् र देश र जनताको आवश्यकताको होइन सामन्त, दलाल तथा नोकरशाहरुको सेवा चाकरी र गुलामीमा आफुलाई समर्पित गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्छन् । यदाकदा त्यो भाग्य माओवादीले खोसीदिएकोमा रुष्ट हुन्छन् । तर मुख्य दुश्मनको बिरुद्ध प्रहार गर्न वरपर रहेका सवै शक्तिहरुसंग हातेमालो गर्ने माओवादी शैन्य रणनीति मुताविक संयुक्त मोर्चा वा आवश्यक ठाउँमा सहकार्य गर्ने सम्भावनाहरुलाई समेत ख्याल गर्दै सैद्धान्तिक र राजनीतिक संघर्षको अनिवार्यतालाई बिर्सनु हुँदैन ।

ख. बर्गदुश्मनद्धारा गरिने आक्रमण

यो कित्तावाट हुने आक्रमण हिजो सामन्त, दलाल, सुदखोर, जोगाउनको निम्ति सत्ताको बागडोर प्रयोग गर्ने गर्थे भने हाल भ्रष्ट, माफिया, तस्कर, बलात्कारी, जोगाउनको लागि सत्ताको दुरुपयोग गर्ने गर्छन । यस्ता जनबिरोधी कुतत्वहरु जोगाउन बिगतमा सत्ताको शक्ति प्रयोग गर्ने गर्थे भने हाल सत्तामा कुनै न कुनै रुपमा क्रान्तिकारीहरुपनि रहेको र जनता आफैपनि बयैक्तिक मानवाधिकार, बिभेद बिरुद्धको अधिकार, जाति भाषा संस्कृति सम्वन्धि अधिार, भ्रष्टाचार र अनियमितताको सवालमा नागरिक आफैपनि सचेत र सजग भइसकेकोले अव बिगतमा जस्तो सहज र सरल छैन त्यसैले उनीहरु नियममै मिलाएर नीतिगत रुपमा नै अख्तियारको दुरुपयोग गर्दै जोगाउँछन् ।

क्रान्तिकारीहरु हावी भएर जोगाउनै नसकेको परिवेशमा एकाध घटनाहरुमा क्रान्तिकारीहरुलाईपनि त्यसका अँसियार बनाउन खोज्ने, बनाउन नसकेम बनेको प्रचार गर्ने, प्रोपगण्डाले उछालेरै भएपनि कोहीपनि चोखा नरहेको भाष्य जिवित राखेर आफ्ना बृत्तका मानिसहरुको अपराधको ओजन घटाईदिने मेसोमा लाग्छन् । वा त्योपनि सम्भव नभएमा सिंगै सुद्धिकरणको अभियानलाई नै बदनाम गराएर भएपनि कार्यवाहीको अभियान केवल पुर्वाग्रह साँध्ने हतियार, दुश्मनी साँध्ने मेसोको रुपमा अपब्याख्या गरेर भ्रष्टाचार बिरोधी अभियानकै औचित्यमाथि प्रश्न उठाईदिने गर्दछन् ।

त्यसैले यो बर्ग पाहुँच र शक्तिको हिसावले शसक्त भएपनि नीति नैतिकताको हिसावले कमजोरै हुन्छन् । तैपनि यसको नेतृत्व गर्दा थोरैमात्र कला नपुग्दा, क्रान्तिकारीताको नाममा उग्रता हावी हुँदा, जनपक्षीयताको नाममा शक्ति सन्तुलन गुमाउँदा ईतिहासको चक्र नै लामो समयको निम्ति उल्टो घुमाउने सामथ्र्य राख्छ । तसर्थ बाम वा दक्षिणपन्थी अराजकता, वा उग्रता सन्तुलीत राजनीतिको दुश्मन हो । यो बिग्रनु केवल प्रचण्ड वा माओवादी सत्तावाट बहिर्गमित हुने मात्र होइन, करिव ८ दशक लामो बलिदानीपूर्ण संघर्षको उपलब्धिमाथि नै खेलाँची वा मजाक बन्न पुग्छ ।

किनकि क्रान्तिकारीहरुको निम्ति मिनेट मिनेट संघर्षको चुनौति छ । स्वभावैले संघर्ष केवल जितको जितौरी बाँड्ने रत्यौली मात्र होइन हारको आँसु पसिना पुछ्ने सम्भावनापनि उत्तिकै सम्भावना छ । त्यसैले बर्गिय लडाईको मोर्चा जित्नुनै छ भने फेरिएको मोर्चा, फेरिएको मैदानलाई मोर्चा नै होइन, मैदान नै होइन भन्दै नेतृत्व र नीतिमाथि आपैmमा पैदा हुने अबिश्वास एकदम घातक हुन्छ । प्रतिकृयावादी र अवसरवादीहरु क्रान्तिकारी दस्ताभित्र प्रहार गर्ने यो नरम गोली असाध्यै घातक हुन्छ ।

लोकतान्त्रिक गणतन्त्र बिश्राम कि बिद्रोहकै अन्त्य ?

किनारामा बसेर तमासा हेर्ने, भाग पाए कुम्ल्याई हाल्ने भाग नपाए सरापीहाल्ने अनेकौंथरी अवसरवादी संसारभरी नै हुने गर्दछन् । खासगरी क्रान्तिकारी आन्दोलनको बलिबेदीमा चढ्न आँट नगर्ने वा चढ्नै नचाहाने बर्गले क्रान्तिको प्रकृयाई नै देशको बुतामा नचली बिदेशी लगानी र शक्तिकेन्द्रको आड भरोसामा चलेको, देश र जनताको हितमा नभई अमुक राष्ट्र र अमुक बर्गको सेवाको निम्ति चलाएको आरोपित गर्दैथिए । के त्यसो भन्नेहरुले राजतन्त्र समाप्त पारेर गणतन्त्र आयो तमाम जनताको छोरा छोरीरुले आफैद्धारा आफैलाई शासन गर्ने बिधान बनाउने अवसर पाए, केन्द्रमा संबिनान बनाए भने गाउँ गाउँमा बडा वडामा आफ्नै बिकासको निकाशको निम्ति योजना बनाउने अवसर पाए के त्यसले देश कमजोर बन्यो भन्न सक्छन् ?

समानुपातिक समावेसी मार्फत हिजो नियतवस पछाडी पारिएका, राज्यकै खास योजनामा धर्म संस्कृति लाद्ने नाममा बहिष्करणमा पारिएका जाति भाषा क्षेत्र, लिंग र अल्पसंख्यक समुदायले राज्यप्रति अपनत्व ग्रहण गर्ने मौका पाएर बिदेशी को स्वार्थ सिद्ध हुने कुरा पुष्टि गर्न सक्छ ? धर्म निरपेक्षता कायम गराएपछि धर्म र साँस्कृतिक परम्पराको नाममा सदियौंदेखि चली आएको अमानवीय बिभेदलाई सिरा सिरामा केलाउन र त्यसको निवारण गर्न सवैलाई समान मानवीय ब्यवहारको निम्ति आवाज बुलन्द गर्न सम्भव भयो । के यसो गर्दा उनीहरुले भनेजस्तै बिदेशीलाई फाईदा पुग्यो ? के उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्र आएर देश र देशवासीको निम्ति कुनै उपलब्धि भएन भन्न सक्छ् ? यदि देश र देशवासीको मानवीयताको रक्षा गर्दा कसैले बिदेशी हित भएको देख्छ र अमुक रुपमा बिषयान्तर गर्न उद्देलित हुन्छ भने जनयुद्धको महानता खल्वल्याउन खोज्ने उनको नियातको फोहरी पर्दा उघ्ंदैन ?

यद्यपी “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ !” भन्दै माओवादी आन्दोलन निरन्तर गतिमान भयो र संघीय लोकतान्त्रिक गणतन्त्र सम्म देश पुग्यो । जनताले जनताकै निम्ति शासन गर्ने बिधान बनायो, गाउँ गाउँमा आफ्नो निम्ति आफैले योजना बनाउँदै हजारौं प्रकारका सेवा र सुबिधा उपलब्ध गराए । जो राजतन्त्रकालमा कल्पना गर्न सकिने बिषय नै होइन । जसको परिणाम आज देशले जुगौंदेखिको शोेषण उत्पिडन र गरिवी बेरोजगारी, बिभेद र अन्याय अत्याचारको घुम्टो क्रमस उघार्दैछ । तर यति काम गर्न थोरै त्यग, थोरै तपस्या, थोरै योगदानको कुरै छोडौं पाईलैपिच्छे खुट्टमात्र तान्न खोज्नेहरु लोकतन्त्रको सामान्य भन्दा सामान्य कमजोरीलाई उठाउँदै जनयुद्ध र यत्रो परिवर्तनको नायकमाथि हिलो छ्याप्न तल्लिन रहन्छन् ।

तर उनीहरु के देख्देनन् वा देखाउन चाहाँदैनन् भने ३–४ सय स्वास्थ कर्मचारी भएको ठाउँमा २५–३० हजार ले सेवा गर्दैछन्, सवै सुरक्षाकमी गरेर १ लाख पनि नभएको ठाउँमा सवै गरी ३ लाख भन्दा बेसीले सेवा गरिरहेका छन् । २० हजार पनि निजामति कर्मचारी नभएको ठाउँमा हाल लाखको हाराहारीमा सेवारत छन् । सहकारी, निजी तथा सरकारी बित्तीय सेवामा १० हजारपनि नभएको ठाउँमा ३ लाख भन्दा बढीले योगदान दिईरहेका छन् । तर एकाध बेरोजगारी भेट्नेबित्तिकै लोकतन्त्र यस्तो हुन्छ ? लोकतन्त्र ल्याएको यस्तै बेरोजगार बेकारी बनाउनकै निम्ति सत्रहजारको बलि चढाएको ? भनिहाल्छन् ।

हिजो जातीय बिभदको चरम सिमा थियो मान्छेलाई मान्छेको रुपमा होइन अमानवीय ब्यवहार गरिन्थ्यो, आम मान्छेहरु त्यसलाई कर्मको खेल सम्झंदै जन्म दिने कोखमाथि घृणा पोख्थे । चेलीबेटी बलात्कार हत्या र बेचखिनमा समेत कसैले बोल्न सक्दैनथ्यो, कुनै अदालतमा मुद्धा मामला चल्न सक्दैनथ्यो । यदाकदा चल्यो भनेपनि सामन्त दलाल नोकरशाह लगायत जाली फटाहाको डरले साक्षी बक्ने मान्छे समेत पाउन सकिन्नथ्यो । तर आज हिजोको जस्तो जिल्लामा एकाध न्यायाधीश, मुस्कीलले पाँच सात वकिल होइन, मानवअधिकार, बिभेदबिरुद्धको अधिकार, बलात्कार र अन्य सामाजिक अत्याचारको बिरुद्धमा हरेक नागरिक वकिलले भैmं पैरवी गर्न सक्ने सक्षम नागरिक बनेका छन् । तैपनि एकाध बिभेद र असामाजिक अत्याचार हुँदा ति नै मान्छेहरु तीन हात उफ्रँदै यस्तोपनि लोकतन्त्र ? यतिको लागि सत्रहजारको बली दिएको ? भनिहाल्छन् ।

बिगतको पञ्चायत र बहुदलको बेलामा २०–२२ हजार कर्मचारी भध्य १५– १६ हजार बिदेशी दुतावासबाट तलब थाप्थे भनी बिभिन्न राजनीतिक नेताहरुले अन्तर्वार्ता दिनन्थे । कालापानी लिपुलेक बेचिएको थाहै पाएनन्, कोशी गण्डकी बेचिँदा कसैले बोल्नै सकेनन्, टनकपुर र महाकाली बेचिँदा कसैले चुँक्क बोल्न सकेनन् । तर हाल अमेरीकी अष्ट्रेलिया, क्यानाडा लगायतका डिभी र पिआर भएका सैयौंलाई बर्खास्त गरिएको छ, भ्रष्ट, माफिया, तस्करहरु क्रमश कानूनी कठघरामा आउँदैछन् । देशको स्वाधिनता र स्वाभिमानलाई उठाउन क्रमश दृढताकासाथ देश अगाडि बढीरहेको छ ।

तर यसलाई छायाँमा पार्न दरवारीया पिचासहरु आफुले समाजवाद र साम्यवादको जतिसुकै कथा हालेपनि बर्गीय पक्षधरतामा सिन्को भाँच्न नसकेका बाम नामक ठगहरु आज देशकै नागरिकलाई नागरिकता दिंदा, राष्ट्रिय उन्नतीको लागि स्वदेशी पुँजीले नपुग्दा बैदेशिक पुँजी भित्रयाएर उद्योग धन्दा कल कारखाना खुलेर युवारुलाई बिदेश सप्लाई गर्न रोकेर उनीरुको श्रम सिप र कला कौशलले भरिएको सामान निर्यात गरेर देश धनी बनाउने योजनालाई अन्यथा शब्दमा अपमान गर्दैछन् । महाकाली बेच्नेलाई राष्ट्रवादी देखाउन बिजुली बेच्दा कथित राष्ट्रियताको खाँडो जगाउँछन् र माओवादी केवल भारतले पालेको उसैले हुर्काएको र उनैको निर्देशनमा हिड्ने ट्रोजन हर्स भन्दै बदनाम गर्छन् । ढाँट्नु र झुठ बोल्नुकोपनि समय र सिमा हुन्छ …. ।

लोकतन्त्र आएको करिव १५ वर्ष भयो तर उनीहरु २०० वा ३०० बर्षदेखि लोकतन्त्रको अभ्यास गर्दै आएका अमेरीका युरोप र फ्रान्ससंग तुलना गर्दै यहाँ किन नभएको ? यहाँ यस्तो छ, त्यहाँ त्यस्तो छ … भन्दै देशको लोकतान्त्रिक प्रकृयाप्रति अबिश्वास गराउने र देश सफलतामा होइन असफलतै असफलताको चाङ्गको रुपमा वर्तमान ब्यवस्थालाई अवहेलना, अपमान गरिहाल्छन् । नेताहरुको बलिदानी भावनालाई तिरस्कार गर्दै, उनीहरुकै रगत पसिनावाट प्राप्त उपलब्धीको अवमूल्यन गर्दैछन् । के ईतिहासको अवमूल्यन गरेर नयाँ पुस्ताले निकास पाउँछ ? जनयुद्ध र त्यसका नेता कार्यकर्ताहरुको अवमूल्यन गरेर बन्ने नयाँ परिबेशले आएको उपलब्धी गुमेर पुनः सामन्ती शोषण उत्पिडन र बिभेद जाग्यो भने जिम्मा कस्ले लिने ? के हाल जे पायो त्यै आधारहिन कुतर्क गर्नेहरुले जिम्मा लिन सक्छन् ?

त्यसैले क्रान्तिको प्रकृयालाई निरन्तरताको एउटा अंशको रुपमा बुझ्ने, समाजको विकास प्रकृया नै बर्गसंघर्षको प्रकृयाको एउटा अंशसंग जोडेर हेर्नेले नेपाली क्रान्तिको हरेक जटिल मोडहरुलाई बर्गसंघर्षकै एउटा अंशको रुपमा बुझ्छन् र नेतृत्व र पार्टीमाथि बिश्वास गर्दै क्रान्ति यात्रामा निरन्तरता दिन्छन् । किनकि क्रान्ति सम्पन्न भईसकेपछिपनि प्रतिकृयावादीहरुको हजारौं अवयवहरु समाज, सत्ता र सरकारको अनेकौं तह तब्का र क्षेत्रहरुमा बाँकी नै रहन्छन्, त्यसको समाप्ती नहुञ्जेल नयाँ प्रकृयामा जान राजनीतिक र बस्तुगत रुपमा परिपक्व मानिंदैन । त्यसैले लोकतान्त्रिक गणतन्त्र माओवादी क्रान्तिकारी प्रकृयाको अन्त्य होइन, बरु क्रान्ति यात्रामा हिड्दा आएको चौतारी हो जहाँ नसुस्ताई अगाडि बढ्दा थाकेर हारको नजिक पुगिन्थ्यो । थोरै शक्ति सन्तुलन नमिलाउँदा पेरु वा श्रीलंका जस्तो भिषण पराजय झेल्ने सम्भावनालाई पनि नबिर्सौ ।

र अन्त्यमा

माक्र्सवाद, लेनिनवाद र माओवादको शिक्षाले सिकाएको सत्य के हो भने, क्रान्ति यात्रा एउटा महान त्याग तपस्या र बलिदानको मार्गबाटै मात्र सम्भव छ । क्रान्ति यात्रा कसैको लहड, ब्यक्तिगत महत्वाकाँक्षा वा एकाध ब्यक्तिहरुको बहादुरीताको परिणति होइन यो वस्तुगत परिवेशको परिपक्वता, नेतृत्वको कार्यकुशलता र ठोष बस्तुको ठोष बिष्लेषण गर्ने क्षमताको संयुक्त योगफलवाट प्राप्त हुने सामाजिक रुपान्तरणको महायज्ञ हो । क्रान्ति यात्रा देश काल परिस्थिति अनुसार भिन्न भिन्न रुपमा भिन्न भिन्न तरिकाले सम्पन्न हुन्छ कसैको कुनै रणनैतिक वा कार्यनैतिक सिद्धान्तको फाटोकपी होइन र हुन सक्दैन ।

क्रान्ति यात्रा कुनै अमुक दार्शनिक वा कुनै अमुक सिद्धान्तकारको सिद्धान्तको जडसुत्रीय घोकाई वा आफ्नो अनुकुलतामा अनुकुल वाक्यहरुको रटानको बिषय होइन यो त केवल देश काल पिरिवेश अनुसार त्यहाँको शोषण उत्पिडनको बिरुद्ध दुश्मन किटान गरि प्रहारको केन्द्रीकरण र जस्तै सुनामी आउँदापनि नडग्ने सतिसाल जस्तै ठिंग उभिने, प्रहार, सन्तुलन र रक्षालाई कलात्मक रुपमा प्रश्तुत गर्ने हिम्मत भएका क्रान्तिकारीहरुले मात्र गर्न सक्छ । क्रान्ति यात्रा न अर्कालाई गालि गर्नु हो, नत सामाजिक समस्याहरुको उठान मात्र हो, न त राजनीतिक बिकृतिहरुको बग्रेल्ति ब्याख्या र बिकृत प्रश्तुती नै हो, यो त हरेक समाजको सामाजिक समस्याहरुलाई राजनीतिक र ब्यवहारिक समाधानको अचुक ओखती हो ।

तसर्थ देशमा परिवर्तनको हुटहुट बोकेका युवाहरु, आजभन्दा १० वा २० बर्ष अगाडिका युवाहरुले के बुझुन् भने आशा निराशा मानवीय गुण हुँदा हुँदैपनि साना साना राजनीतिक उतारचढावहरुमा गिलिक्कै गल्ने वा बिबिध प्राबिधिक विषयवस्तुमा अल्झेर मुख्य बिषयलाई छायाँमा पार्ने ब्यवहार नगरौं । नीति र नेतृत्वमाथि बिश्वास अझ दृढ बनाउँ आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी इमान्दारीता र दृढताकासाथ लागु गरौं । क्रान्ति सम्भव छ, परिवर्तन सम्भव छ, स्वाधिन समृद्ध र समाजवाद टाढा छैन । धन्यवाद

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *