काठमाडौं, २७ भदौ
राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल
निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा
नेपालले जनाएको छ । भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ ।