स्याङ्जा २ मा धनराज गुरुङ साढे चार हजार मतले अघि

 

काठमाडौं, १७ मंसिर

सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार धनराज गुङले मतान्तर बढाएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६ सय ३१ मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

अब चापाकोट नगरपालिका ५, ६, ७, ८, ९ र १० नम्बर जडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । स्याङ्जा २ (ख) पनि कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाएका छन । भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन् । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *