काठमाडौं, भदौ ५ गते ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्ने बताएका छन् । उनीहरुले सिट बाँडफाँटमा
पशुपतिका बाँदरले जस्तै व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी निकट प्राध्यापकहरुको अन्तरक्रियामा उनले उक्त आरोप लगाएका
हुन् । सिट बाँडफाँटको छिनाझपटी लाजमर्दो भएको उनको प्रतिक्रिया थियो । पशुपतिका बाँदरले अरुको खानेकुरा लुकेर खोसेर खान्छन् ।
पाँच दलहरुले त्यही गरिरहेको बताए । घुर्की लगाउने र बार्गेनिङ गर्ने उनीहरुको तौर तरिकाले उनीहरुको नियत स्पष्ट पारेको उनको भनाई
थियो ।