घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ

 

काठमाडौं, ५ मंसिर

घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ ।  एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडेका थिए । भारतका दीपक होडाले सर्वाधिक ४ विकेट लिए । मोहमद सिराज र युजभेन्द्र चाहलले समान दुई विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित एक सय ११ रनको शतकीय इनिङ्स खेले । यसैगरी इशान किशनले ३६ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *