द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित

 

काठमाडौं, साउन ६ गते ।

द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । यशवन्त सिन्हालाई पराजित गर्दै उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । कुल १० लाख ८६ हजार ४३१ मध्ये द्रौपदीले ५ लाख ७७ हजार ७७७ मत पाएकी छन् । राष्ट्रपति निर्वाचित हुन ५ लाख ४३ हजार २१६ मत आवश्यक हुन्छ । द्रौपदीले मत गणना नसकिँदै विजय सुनिश्चित गरिन् । मुर्मु भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन् ।

यसअघि उनी झारखण्डको राज्यपाल बनिसकेकी छन् । उनी ओडिशाका स्थायी बासिन्दा हुन् । भारतीय समाचार एजेन्सी एएन आईका अनुसार मुर्मुले २५ जुलाई मा सपथ ग्रहण गर्ने छिन् । निर्वाचनमा पराजित भएका यशवन्त सिन्हाले मुर्मुलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत बधाई दिँदै सिन्हाले निर्भिकता पूर्वक काम गर्न आग्रह गरेका छन् । यशवन्तले २ लाख ६१ हजार ६२ मत प्राप्त गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *