हेगेलले राज्यलाई ईश्वरको अवतार हो भनेका छन् ।

 

काठमाडौं, असार २६ गते ।

हेगेलको राज्य सम्बन्धी दृष्टिकोण महत्वपूर्ण छ । उनले राज्यलाई ईश्वरको अवतार हो भनेका छन् । उनी राज्यलाई ईश्वरको पृथ्वीमा अवतरण मान्छन् । उनको विचारमा राज्य ईश्वरको पार्थिव शरीर हो । राज्यलाई व्यक्तिभन्दा माथि ठानेका छन् । राज्यलाई सर्वोच्च नैतिक समुदाय भनेका छन् । राज्य साध्य हो र यो व्यक्तिभन्दा माथि हुन्छ भनेका छन् । व्यक्तिको मूल्य र महत्व राज्य मार्फत प्राप्त हुने उनको ठम्याई छ । उनले राज्यको विरुद्ध व्यक्तिको अधिकारलाई स्वीकार गर्दैनन् । उनको अनुसार राज्य भनेको पूर्ण विकसित सामाजिक नैतिकताको साकार रुप हो । राज्य सर्वोच्च र विवेकपूर्ण हुने उनको दृष्टिकोण छ । उनले राज्यको विरुद्ध नागरिक विद्रोहलाई स्वीकार गर्दैनन् ।

हेगेलले व्यक्तिको स्वतन्त्रता सम्बन्धमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । उनको अनुसार स्वतन्त्रता व्यक्तिको सार हो । स्वतन्त्रतालाई निषेध गर्नु भनेको मानवीयतालाई दुत्कार्नु हो भनेका छन् । स्वतन्त्र नहुन भनेको मानव नहुन बराबर हो भनेका छन् । उनको विचारमा स्वतन्त्रता राज्यप्रतिको पूर्ण आज्ञाकारिता र कर्तव्यपालनमा निहित हुन्छ । हेगेलले साइन्स अफ लजिक, फिलोसोफी अफ राइट, फिलोसोफी अफ हिस्ट्री, फिलोसोफी अफ स्पिरिट र इन्साइक्लोपेडिया अफ द फिलोसोफिकल साइन्स जस्ता कृतिहरु प्रकाशित गरे । उनले विभिन्न विश्वविद्यालयमा दर्शनशास्त्र विषयको प्राध्यापन गरे । उनी १९औँ शताब्दीका चर्चित आदर्शवादी दार्शनिक हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *