पाथीभरा मन्दिरको प्रचार-प्रसार गर्न सके अर्थोपार्जनमा योगदान पुग्ने ।

 

काठमाडौं, असार २४ गते ।

ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर ३,७९४ मिटर उचाइमा अवस्थित छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट तिर्थयात्रीहरु दर्शनका लागि आउने गर्छन् । उच्च पहाडी क्षेत्रमा अवस्थित यो मन्दिर एक महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित छ । अत्याधिक जाडो हुने र हिउ पर्ने भएकाले मौसमी अनुकुल मिलाएर मात्रै त्यहाँ जानु उपयुक्त हुन्छ । यो क्षेत्र लिम्बू समुदायका मानिसको लागि पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीहरुको लागि पनि पवित्र स्थल हो । ताप्लेजुङ जिल्लाको सदरमूकाम फुङलिङ हुँदै यो मन्दिरमा पुगिन्छ । सडकमार्ग र हवाईमार्ग हुँदै जान सकिन्छ । सडकमार्ग हुँदै जान झापा, इलाम, पाँचथर र ताप्लेजुङको फुङलिङ, सुकेटार, सानोफेदीसम्म पुग्न सकिन्छ । सानोफेदीबाट ३–४ घण्टाको पैदल यात्रा मार्फत पाथिभरा मन्दिरमा पुगिन्छ । सदरमूकाम फुङलिङबाट पैदल यात्रा गर्दै जाने हो भने त झनै प्राकृतिक मनोरम दृष्यहरु हेर्न पाइन्छ । किंवदन्ती अनुसार त्यस क्षेत्रमा एक भेडा गोठालोले सयौँको संख्यामा भेडा चराउँथ्यो । एकदिन ती सबै भेडाहरु हराए । भेडा गोठालो अत्यन्तै चिन्तित भयो । उसले त्यस स्थानमा मन्दिर निर्माण गर्नुपर्ने र भेडाको बली दिनुपर्ने सपना देख्यो ।

सपनामा देखे अनुसार गरेपछि सबै भेडाहरु प्राप्त ग¥यो । त्यसपछि त्यहाँ वली दिन शुरु गरियो । यो मन्दिरमा पशु वलीको साथै सुन, चाँदी पनि चढाइन्छ । भाकल पूरा हुने भएकाले त्यसो गरिएको हो भन्ने जनविश्वास छ । तीर्थ यात्रा गर्ने तिर्थालुहरुको भनाई अनुसार पाथिभरादेवी साक्षत देवी हुन् । यही जनविश्वासका कारण तिर्थालुहरुको घुइँचो लाग्ने गरेको हो । हिन्दू धर्म अनुसारका विभिन्न शक्तिपिठहरुमा यो मन्दिरपनि एक पर्छ । लिम्बू भाषामा यसलाई माघिम भनिन्छ । यसलाई आदिकाली, महारुद्री, महामाया जस्ता नामले पनि चिनिन्छ । सदरमूकाम फुङलिङबाट १९.४ किलोमिटर दूरीमा रहेको यो मन्दिर धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण । प्राकृतिक मनोरम दृष्यावलोकनको हिसाबले पनि महत्वपूर्ण छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने पर्याप्त सम्भावनाहरु रहेका छन् । यो मन्दिरको महिमा आम जनताकोबीचमा पु¥याउन सकेमा यसले अर्थोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विश्वकै तेस्रो अग्लो हिमाल कन्चनजंगा यही क्षेत्र हुँदै गइन्छ । यही मन्दिरको सेरोफेरोमा दर्जनौँ गन्तव्यहरु तय गर्न सकिन्छ । पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको कारण थप गन्तव्य तय हुन सकेका छैनन् । पाथीभरा मन्दिरको प्रचार–प्रसार गर्न नेपाल सरकार र पर्यटन वोर्डले ध्यान दिन जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *