फ्रान्सेली राज्यक्रान्तिको शुरुवातमै फ्रान्सको पेरिसमा जेल तोडिएको थियो ।

 

काठमाडौं, असार १२ गते ।

फ्रान्सेली राज्यक्रान्तिको शुरुवातमै फ्रान्सको पेरिसमा किल्लाको रुपमा रहेको एक जेल तोडिएको थियो । उक्त जेललाई ब्यास्टिल भनिन्छ । त्यसको निर्माण १४औँ शताब्दीमा गरिएको थियो । सन् १७८९ को जुलाई १४ मा आन्दोलनकारीको एक समूहले त्यसलाई ध्वस्त बनाएको थियो । यो घटनालाई फ्रान्सेली राज्यक्रान्तिको एक महत्वपूर्ण सिम्बोलको रुपमा लिइन्छ । यसलाई पछि प्लेस दि ब्यास्टिलमा रुपान्तरण गरियो । ईङ्लिसहरुसँग सयौँ वर्षसम्म भएको युद्धमा आफूलाई सुरक्षित गर्न उक्त जेलरुपी किल्लाको निर्माण गरिएको थियो । यसको निर्माण प्रारम्भ सन् १३५७ मा गरिएको थियो । तर यसको मुख्य निर्माण भने सन् १३७० बाट भएको थियो । पेरिसको पूर्वी क्षेत्रमा अवस्थित उक्त ब्यास्टिल स्टेट प्रिजनको रुपमा रहेको थियो ।

उक्त प्रिजनलाई सरकारको अधिनायकवादी शासनको गाइडलाईनको रुपमा पनि लिने गरिन्छ । अत्यन्तै रिसाएका आक्रमक मान्छेहरुको भीडले राजतन्त्रको शासनको झल्को दिने उक्त किल्लारुपी जेललाई ध्वस्त बनाएका थिए । ब्यास्टिलको ध्वस्त गर्नुलाई फ्रान्सेली राज्यक्रान्तिको एक महत्वपूर्ण घटनाको रुपमा लिने गरिन्छ । राजा लुइस सोह्रौँ र फ्रान्सको राजतन्त्र बिरुद्ध आन्दोलित जनताले गरेको यो भिषण आक्रमण थियो । सन् १७८९ को समरमा पेरिसमा भोकमरीका कारण जनता आक्रान्त अवस्थामा थिए । आर्थिक मन्दीका कारण देश जर्जर अवस्थामा थियो । गरिबहरु सरकारप्रति रुष्ट भएका थिए । जनतालाई दमन गर्न ठूलो संख्यामा हातहतियार र गोलाबारुद सरकारले लुकाएर राखेको विश्वासमा आन्दोलनकारीहरुले ब्यास्टिललाई ध्वस्त पारेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *