कुटनीतिज्ञ सरकारको हात, खुट्टा, आँखा र कान हो, जसले कुटनीति सञ्चालन गर्छ ।

 

काठमाडौँ, जेठ १५ गते ।

राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक रुपमा राष्ट्रिय पुँजीको विकास गरेर आफ्नो देशलाई अन्तरनिर्भर बनाउनुपर्छ । अर्कोतर्फ समान राजनैतिक विचारधारा अवलम्बन गर्ने राष्ट्रहरुसँग राष्ट्रिय हितको विषयमा सुमधुर सम्बन्ध कायम गर्नुपर्छ । राष्ट्रको हितको सम्बन्ध राष्ट्रले आर्जन गरेको आर्थिक र सामरिक शक्तिसँग जोडिएको हुनाले आर्थिक तथा सामरिक क्षमताको विकास गर्नु पर्दछ । अर्को महत्वपूर्ण आधार भनेको सांस्कृतिक सामिप्यता हो ।

मानिसलाई उसको भाषा, धर्म, संस्कार र संस्कृतिले आपसमा निकट बनाउने भएकाले सांस्कृतिक रुपमा समानता भएका राष्ट्रहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्दछ ।राष्ट्रिय हित प्रबद्र्धनका लागि कुटनैतिक क्षमताको महत्वपूर्ण भूमिका हुन्छ । कुटनैतिक क्षमता भन्नाले एक राष्ट्रले अन्य राष्ट्रहरुसँग नीति, नियम, परम्परा र छलफलद्धारा आफ्नो राष्ट्रको हित संरक्षण गर्ने क्षमता हो । विदेश स्थित राजदूतावास, कुटनैतिक नियोग र विभिन्न कार्यालयहरु मार्फत् सम्बन्धित राष्ट्रसँग द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तार गर्ने विषय नै कुटनीति हो ।

कुटनीतिज्ञ मार्फत् कुटनीति सञ्चालन गरिने हुँदा कुटनीतिज्ञ सरकारको हात, खुट्टा, आँखा र कान हो । वर्तमान विश्व परिवेश भुमण्डलीकृत गतिविधिमा संचालित हुन थालेकाले समान विचारधारा तथा दृष्टिकोण भएका दुई वा दुईभन्दा बढी राष्ट्रहरुबीच साझा स्वार्थको आधारमा राष्ट्रिय हितको प्रर्वधन र संरक्षण गर्न सहमतिका आधारमा गठबन्धन कायम हुनुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *