‘द भेनेसियन मकाउ-रिसोर्ट-होटल’ मा ३० हजारको संख्यामा कर्मचारी कामदार छन् ।

 

काठमाडौं, जेठ १४ गते ।

भक्तपुर जिल्लाको क्षेत्रफल करिब १ सय १९ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । यो जिल्ला भन्दा लगभग ४ वर्गकिलोमिटर कम अर्थात १ सय १५ वर्गकिलोमिटर क्षेत्रफल भएको एक सहर हो मकाउ । यसको कूल क्षेत्रफलमध्ये लगभग ७४ प्रतिशत भूभाग जलमग्न छ । बाँकी लगभग ४५ वर्गकिलोमिटर मात्रै जमीन छ । यति सानो क्षेत्रफल भएको यो सहरको जनसंख्या सन् २०१६ को जनगणना अनुसार लगभग ६ लाख ५० हजार छ । ४५ वर्गकिलोमिटर जमीनमा यो संख्यामा मान्छे हुनु सामान्य विषय होइन । मकाउ विश्वकै सबैभन्दा बढी जनघनत्व भएको सहर हो । यो सहरको जनघनत्व प्रतिवर्गकिलोमिटर २१ हजार ४ सय ११ छ । विश्वमानचित्रमा यो सहर एक थोप्लोको रुपमा छ । अर्थतन्त्रका कयौँ सुचकांकमा विश्वका सम्पन्न देशहरुलाई उछिनेको छ । चीनको प्रशासनिक क्षेत्र मकाउमा दैनिक १ लाख पर्यटक भित्रिन्छन् ।

यस हिसाबले एक वर्षमा ३ करोड ५० लाखभन्दा बढी पर्यटक मकाउ प्रबेश गर्छन् । पर्यटनको क्षेत्रमा मकाउ र नेपालको तुलना गर्न सक्ने स्थिति छैन । यो नेपालका लागि शिक्षा लिनु पर्ने विषय हो । पूर्वाधारको क्षेत्रमा यो सहरले कीर्तिमान कायम गरेको छ । ‘द भेनेसियन मकाउ–रिसोर्ट–होटल’ मा ३० हजारको हाराहारीमा कर्मचारी कामदार छन् । एउटा होटलमा यो संख्यामा जनशक्ति खपत हुनु भनेको चानचुने विषय होइन । यहाँको आम्दानीको प्रमुख स्रोत भनेको होटेल र रिसोर्ट हो । त्यसमा ठूलो संख्यामा अमेरिकी नागरिकको लगानी छ । विदेशी लागनीलाई खुला प्रबेश गराउनुको फाइदा यो सहरले लिइरहेको छ । विदेशी लगानीका कुनैपनि होटल तथा रिसोर्टहरुमा दुईतिहाई कामदार स्वदेशी हुनुपर्ने प्रावधान छ । यो शहर २४सै घण्टा चलिरहेको हुन्छ । रातदिनको पर्वाह हुँदैन । यसले नै मकाउको वैभव प्रतिबिम्बित गर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *