काठमाडौँ महानगरको प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी भए ।

 

काठमाडौं, जेठ १३ गते ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र शाह विजयी भएका छन् । त्यसैगरी उपप्रमुखमा सुनिता डंगोल विजयी भएकी छिन् । वालेन्द्र शाह ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेर तेस्रो भएका छन् । एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत प्राप्त गरेर उपप्रमुखमा विजयी भइन् । गठबन्धन तर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत प्राप्त गरेर दोस्रो भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *