चलनचल्तीका आधारमा नेपाल–चीन सीमा एक आपसमा मिलान गरेको इतिहास छ ।

 

काठमाडौं, जेठ ११ गते ।

नेपाल–चीन सीमा सन्धिमा हस्ताक्षर भएपछि सीमारेखाको पूर्ण विवरणको सीमा नक्सा तयार पारी आवश्यकता अनुसार स्थायी सीमा स्तम्भहरू खडा गरिने र दुवै देशका बीच सम्पन्न गरिनुपर्ने सीमा बडापत्र (प्रोटोकल)को मस्यौदा तयार गर्नुपर्ने बुँदाहरू पनि उल्लेख भएका छन् । यस सन्धि अनुसार आ–आफ्नो स्थानीय क्षेत्रलाई पायक पर्ने एक–अर्को देशको जमिनको केही भागहरू परम्परादेखि चलनचल्ती गर्दै आएकोले एकआपसमा मिलान गरिएको देखिन्छ । उदाहरणको निमित्त अरुण उपत्यकाबाट सीमारेखा अगाडि बढेपछि नाक्टाङ्ग र चुसार खाल्डोतर्फ नलागी अरुण नदीको दक्षिणतर्फको पानीढलोतिर लगिएको छ । यसले गर्दा सिमारेखा दक्षिणतिर सरी करिब २ देखि ३ किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइ भएको जमिनको भू–भाग चिनियाँ सीमारेखाभित्र पर्न गएको देखिन्छ ।

यस्तै अन्य कतिपय क्षेत्रहरूमा चीनतर्फको जमिनको खण्ड नेपालीहरूले भोगचलन गरी राखिएकोमा नेपाली सीमारेखाभित्र पारिएको छ । यसरी आपसी लेनदेनका साथ मिलान गरी नेपालतर्फ पारिएको चरन क्षेत्रहरूको समेत समुच्च रूपमा भन्नुपर्दा ३०,२७५ वर्ग किलोमिटर क्षेत्रफल चीनबाट नेपालतर्फ थपिन आएको बुझिन्छ । सीमारेखा अङ्कन गरिनुभन्दा पहिलेको र हालको नक्साहरू एकआपसमा खप्ट्याई विश्लेषण गर्दा यस्ता क्षेत्रहरू देख्न सकिन्छ । तर, नेपाली तथा चिनियाँ कुनै पक्षले पनि क्षेत्रफल थपघट गरिएको सम्बन्धमा आधिकारिक रूपले उल्लेख गरेको पाइँदैन । यसभन्दा पनि महत्वपूर्ण कुरा लन्डनबाट प्रकाशित सन् १८३५ को म्याप अफ् इण्डिया इन्डेक्स म्याप नं. १२ अध्ययन गर्दा नेपाल राज्यको सिमाना हिमालय शृङ्खलाको लगभग उत्तरी फेदतिर अङ्कन गरेको देखिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *