प्राकृतिक रुपमा मनमोहक भएकाले जिरी पर्यटनको राम्रो सम्भावना क्षेत्र हो ।

 

काठमाडौं, जेठ ११ गते ।

प्राकृतिक रुपमा मनमोहक भएकाले जिरी पर्यटनको राम्रो सम्भावना क्षेत्र हो । यस जिरी उपत्यकामा जिरेल जातिका मानिसको जनघनत्व बढी छ । दोलखाको अर्को महत्वपूर्ण ठाउँ भनेको शैलुङ । तामाङ भाषामा शैलुङको अर्थ हुन्छ देवता । १ सय ८ वटा थुम्का एकअर्कामा जोडिएका कारण यसको सुन्दरता पृथक प्रकृतिको छ । ३ हजार १ सय ४६ मिटर उचाईमा रहेको यो स्थल हिन्दु र बौद्धमार्गीहरुको पवित्र स्थल हो । शैलुङेश्वर महादेवको मूर्ति रहेको यस पवित्र स्थलमा बालाचर्तुदशीमा मेला लाग्छ । तीर्थालुहरुले सत्बीज छर्ने गर्छन् । यहाँ विभिन्न प्रजातिका जडिबुटी पाइन्छ । यसप्रकार दोलखा प्राकृतिक, सांस्कृतिक, धार्मिक र जैविक विविधताले सम्पन्न जिल्ला हो ।

राजधानी काठमाडौंबाट ६/७ घण्टामा पुग्न सकिने यो जिल्लाको विकासमा राज्यले भने पर्याप्त ध्यान दिएको देखिँदैन । वैदेशिक पर्यटकहरुलाई १ दिनका लाग मात्रै दोलखा पु¥याउने हो भने विदेशी मुद्रा आर्जन पर्याप्त मात्रामा हुन्छ । शेर्पा, तामाङ, थामी, जिरेल, क्षेत्री, कामी आदि जातिहरुको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा यो जिल्ला कमजोर छ । चीनसँग जोड्ने अरनिको राजमार्गले यसलाई पनि जोडेकाले यस जिल्लाको मुहार फेर्न राजनीतिक दृढ इच्छाशक्तिको आवश्यकता छ । रोजगारीका लागि युवाहरु विदेश पलायन हुने समस्या यहाँ पनि छ । जडिबुटी र खनिजको प्रबल सम्भावना भएकोले त्यसको प्रयोग र सदुपयोग अनिवार्य छ । फुर्सदको समयमा दोलखा भ्रमण गर्ने हो भने अवलोकन अध्ययन भ्रमण हुनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *