विश्वका क्रुरतम तानाशाहहरूको क्रममा हिटलर र मुसोलिनीपछि फ्रेङ्कोको नाम आउँछ ।

 

काठमाडौं, वैशाख २३ गते ।

विश्वका क्रूरतम तानाशाहहरूको क्रममा हिटलर र मुसोलिनीपछि फ्रेङ्कोको नाम आउँछ । उनी मुसोलिनी र हिटलरको सहायतामा प्रगतिशील शक्तिहरूलाई दमन गरेर सन् १९३६ मा स्पेनको तानाशाह बने । हिटलरको चाहना उनी धुरी राष्ट्रमा सामेल भएर मित्र राष्ट्रविरुद्ध युद्धको घोषणा गरून् भन्ने थियो तर चलाख फ्रेङ्कोलाई आफ्नो शक्तिका बारेमा राम्रो ज्ञान थियो ।

अर्कोतिर, त्यो युद्ध कसले जित्छ भन्ने कुरामा पनि उनलाई आशङ्का थियो । हिटलरले उनलाई युद्धमा समावेश गराउन निकै समय खर्च गरे । हिटलरले उनका बारेमा भने– ‘फ्रेङ्कोको पछि लागेर समय खेर फाल्नुभन्दा कुनै दन्तचिकित्सककहाँ गएर आफ्नो अघिल्लो तीनवटा दाँता फुस्काइमाग्नु राम्रो हुन्छ ।’ आफ्नो कम्युनिस्टविरोधी छवि बचाउन उनले अन्तिममा आफ्नो एक डिभिजन सेना सोभियत मोर्चामा पठाए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *