चरिकोटबाट नजिकै देखिने दोलखा बजार र भीमेश्वर मन्दिर पर्यटकीय आकर्षणका छन् ।

 

काठमाडौं, वैशाख २२ गते ।

नेपालको राजधानी काठमाडौं उपत्यकाबाट उत्तरपूर्व दिशामा पर्ने एक हिमाली जिल्ला दोलखा प्राकृतिक सुन्दरताले भरिएको एक रमणीय जिल्ला हो । थामी र जिरेल जातिका मानिसको मुख्य थलो भएको हुनाले पनि सांस्कृतिक विविधता पाइन्छ । दोलखाको सदरमुकाम चरिकोट हो । दोलखा भन्ने बित्तिकै नेवार जातिको इष्टदेवता दोलखा भीमेश्वरको कुरा चल्छ । सदरमुकाम चरिकोटबाट पूर्वउत्तरमा रहेको यस देवताप्रति स्थानीयहरुको अघात विश्वास रहेको पाइन्छ । यस देवतालाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुले आस्थाका साथ पूजा र प्रार्थना गर्छन् । यस ठाउँमा वि.सं. १५९१ देखि १६०५ सम्म जइन्द्रसिंहदेव भन्ने राजाले राज्य सञ्चालन गरेका थिए । उनले टक्सार भवन निर्माण गरी चाँदीको सिक्का निकालेका थिए । सदरमुकाम चरिकोटबाट नजिकै देखिने दोलखा बजार र भीमेश्वर मन्दिर पर्यटकीय आकर्षणका छन् ।

सदरमुकाम चरिकोटबाट पैदलयात्रा गर्दा लगभग ६ घण्टापछि पुगिने कालिञ्चोक भगवती पनि दोलखा जिल्लाको आकर्षण हो । दोलखा पुगेका तिर्थयात्रीहरु त्यहाँ पुगेर मात्रै फर्किन्छन् । कालिञ्चोक डाँडामाथि निराकार अवस्थामा रहेकी भगवती प्रति हिन्दु र बौद्ध धर्मावलम्बीहरुले पूर्ण आस्था राख्छन् । बैशाखे पूर्णिमा र जनै पूर्णिमाको दिन यहाँ मेला लाग्छ । ३ हजार ७ सय मिटर उचाईमा रहेको यो स्थान प्राकृतिक रुपमा पनि अति सुन्दर छ । गणेश, लाङटाङ, गौरीशंकर लगायतका हिमाललाई आँखा अगाडि नै देख्दा अत्यन्तै मजा आउँछ । कालिञ्चोक भगवतीलाई कालिञ्चोक माई र कालिञ्चोक माताको रुपले पनि सम्बोधन गरिन्छ । दोलखाको अर्को रमणीय स्थान भनेको जिरी हो । १ हजार ९ सय ३५ मिटर उचाईमा रहेको यो स्थान जिरी उपत्यकाको रुपले पनि चिनिन्छ । यो उच्च पहाडी भूभाग भएकाले चिसो भइरहन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *