जयप्रकाश मल्लले भाद्र शुक्ल चर्तुदशीमा कुमारीको रथयात्रा गर्ने चलन चलाए ।

 

काठमाडौं, वैशाख २२ गते ।

नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति र संस्कारका हिसाबले एक सम्पन्न मुलुक हो । भौगोलिक हिसाबले सानो र आर्थिक हिसाबले कमजोर भए पनि सांस्कृतिक हिसाबले सम्पन्न मुलुक हो नेपाल । विभिन्न जाति र धर्मका मानिसहरु बसोबास गर्ने मुलुक भएका कारण अनेकौं संस्कृति र संस्कारको विकास भएको पाइन्छ । काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले आफूले देखेको सपनाको आधारमा शहरकी एक कुमारी कन्यालाई तुलजा भवानीका रुपमा पुजा गर्ने परम्पराको थालनी गरेका हुन् ।

आज त्यो परम्परा एक सांस्कृतिक धरोहरको रुपमा विकास भएको छ । काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई सपनामा कुमारीले तिम्रो राज्यभोग गर्ने समय सकिन लागेको कारण त्यसलाई अरु १२ वर्षसम्म लम्ब्याउने भए मेरा लागि स्थायी बास र रथयात्रा चलाईदेउ भनेकै कारण उनले यो परम्पराको थालनी गरेका हुन् । जनविश्वास अनुसार १२ वर्ष पुरा भए पश्चात् पृथ्वीनारायण शाहले काठमाडौं राज्यलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

मल्लकालको समाप्तिपछि शाहकालमा पनि यो सांस्कृतिक परम्पराको अवलम्बन निरन्तर भई आएको छ । हिन्दु धर्मावलम्बीहरुले शक्तिको प्रतीकको रुपमा विभिन्न देवीहरुको पूजाअर्चना गर्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको पाइन्छ । आजभन्दा २ सय ५६ वर्ष अगाडि भाद्र शुक्लको अन्तिम सातादेखि काठमाडौंमा इन्द्रजात्रा मनाउन थालेसँगै कुमारी परम्पराको पनि शुरुवात भएको हो । जयप्रकाश मल्लले भाद्र शुक्ल चर्तुदशीका दिन कुमारीको गणेश र भैरवसहित भव्य रथयात्रा गर्ने चलन चलाएको उल्लेख छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *