नेपालमा मत्स्येन्द्रनाथ आगमन हुनाको मूल कारण गोरखनाथ नै भएको मानिन्छ ।

 

काठमाडौं, वैशाख २० गते ।

नेपालमा मत्स्येन्द्रनाथ आगमन हुनाको मूल कारण गोरखनाथ नै हुन् र प्रथम आगमनस्थलचाहिँ मृगस्थलीको गोरखनाथपीठलाई नै मानिन्छ । आगमन गराउने माध्यमका रुपमा धर्मात्मा द्वय बन्धुदत्त बौद्धाचार्य र राजा नरेन्द्रदेवलाई पनि श्रेय जान्छ । कालान्तरमा त्यही पीठमा तत्कालीन् नेपालका एक वीर योद्धा काजी नयनसिंह थापाकी सुपुत्री, काजी बालनसिंह कुँवरकी धर्मपत्नी र प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाकी आमा गणेशकुमारीले गोरखनाथका कलात्मक मन्दिर निर्माण गर्न लगाएको यथार्थतालाई बिर्सन मिल्दैन ।

यावत् परिप्रेक्ष्यमा भन्नुपर्दा सो शिवगोरक्षनाथ पीठ (मन्दिर) र मृगस्थली क्षेत्रको प्राचीनकालदेखिकै आफ्नै परम्परागत विशिष्ट स्थान र पहिचान रहिआएको छ । सोमा कुनै प्रकारको खलल परेमा विघ्न आइपर्ने अटल धार्मिक विशवास पनि रहेको पाइन्छ । सो पवित्र क्षेत्रमा विविध भौगोलिक संरचनाहरु एवं रमणीय वनजङ्गलहरु हुनुका साथै अन्य धामिक पुरातात्विक, ऐतिहासिक महत्वका सम्पदाहरु समेत निर्माण नभएका होइनन् जुन बाह्य तथा आन्तरिक पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण भएकोले तिनका उचित मर्मतसम्भार र संरक्षण तथा व्यवस्थापन हुन नितान्त जरुरी देखिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *