नेपालको भूराजनीतिक जटिलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीच विशिष्ट अवस्था रहेको छ ।

 

–परिवर्तन भट्टराई (कृति)

भूराजनीति (जिओपोलिटिक्स) को अर्थ राजनीति अर्थात् अन्तर्राष्ट्रिय सम्बन्धमा अर्थस् जोग्राफी (ह्युम्यान एण्ड फिजिकल) को प्रभाव हो । जिओपोलिटिक्समा पोलिटिकल पावरलाई जोग्राफिक स्पेससँग जोडेर हेरिन्छ । प्रत्येक देशको भूराजनीति फरक हुन्छ र त्यसले ल्याएको भूराजनीतिक जटिलता पनि विशिष्ट हुन्छ । त्यसैगरी नेपालको भूराजनीतिक जटिलता पनि अन्य देशहरुको भन्दा फरक हुनु स्वभावविक हो । यसलाई भूमण्डलीकरणले झनै जटिल बनाएको छ । परिणामतः नेपालको राष्ट्रिय हितमा झनै चुनौति पैदा गरेको छ । नेपालको राजनीतिमा भूमण्डलीकरणको शाब्दिक निन्दा गरिन्छ । झनै यसलाई साम्राज्यवादको तहमा विश्लेषण समेत गरिन्छ । तर, व्यवहारमा भने नेपालको राजनीतिक सत्ता र शक्ति भने चुकेको देखिन्छ ।

कतिपय ईस्युमा राष्ट्रवादको हवला दिएको पाइन्छ भने अन्ततः झुकेर चुकेको पनि देखिन्छ । जे होस् नेपालको भूराजनीतिक जटिलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीच विशिष्ट अवस्था रहेको छ । नेपालको भूराजनीतिको कुरा गर्दा चीन र भारतको कुरा गर्नुपर्छ । त्यहाँको राजनीति, अर्थतन्त्र, सामरिक अवस्था र छिमेकी देशसँगको सम्बन्ध महत्वपूर्ण हुन्छन् । यी दुई विशाल छिमेकी देशहरुसँगको गतिशील सन्तुलित सम्बन्ध नै नेपालको हित अनुकुल हुन्छ । भूमण्डलीकरणले पैदा गरेको भूराजनीतिक जटिलताका कारण राष्ट्रिय हितमा पारेको प्रभावको सही विश्लेषण र व्यवहार गर्न सक्नुपर्छ । भूमण्डलीकरणले चुनौति र अवसर दुबै, जोखिम र सम्भावना दुबै ल्याएको छ । नेपालले भूमण्डलीकरणका जोखिमहरुलाई कम गर्न र चुनौतिलाई सामना गर्न सक्नुपर्छ ।

त्यसैगरी यसले ल्याएका अवसर र सम्भावनाहरुलाई उपयोग गर्न सक्नुपर्छ । आज विश्वनै भूमण्डलीकरणको चपेटामा परेको कारण नेपाल पनि प्रभावित हुनु स्वभाविक हो । त्यसैले यसलाई राष्ट्रिय हित अनुकुल व्यवहार गर्न सक्नुपर्छ । नेपालका लागि भारत र चीन उत्तिकै महत्वका छन् । कुनै एकप्रति नजिक र अर्कोप्रति टाढा हुन सकिँदैन । सत्ता स्वार्थका कारण कुनै एकका विरुद्ध अर्काको कार्ड देखाउनु झनै घातक हुन्छ । नेपालले स्वाधिनता र सार्वभौमसत्ता केन्द्रमा राखेर भूराजनीतिक जटिलताको सामना गर्नुपर्छ । यसलाई राष्ट्रिय बहसको विषय बनाउनु पर्छ । यसमा नै नेपालको राजनीतिक वृत्त चुकेको छ ।
काठमाडौं, वैशाख ८ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *