कम्युनिष्टहरुले राज्यविहीन, मुनाफाविहीन, व्यक्तिगत स्वामित्वविहीन काल्पनिक सपना देख्छन् । ।

 

काठमाडौं, चैत्र ३० गते ।

कम्युनिष्ट राजनीति पूर्णतः असान्दर्भिक वा आउटडेटेड भइसकेको छ । साम्यवादको परिकल्पना गरेको देखिन्छ । त्यो साम्यवादको परिकल्पना आजको दुनियाँको लागि के काम ? कम्युनिष्ट राजनीति गर्नेहरुले राज्यविहीन, मुनाफाविहीन, व्यक्तिगत स्वामित्वविहीन जस्ता मान्यताहरुको सपना देखेका हुन्छन् । त्यो असम्भव कुरा हो । त्यसलाई आदर्श मानेर आफ्नो जीवन त्यही आदर्शलाई सुम्पेका हुन्छन् । त्यो दृष्टिकोणको अन्धनक्कल गर्नेहरु विश्वबाटै पत्तासाफ भएका छन् ।

आफूलाई कम्युनिष्ट भन्ने जसले आफ्नो राजनीतिलाई संसदीय लोकतान्त्रिक अभ्यासमा ल्याए उनीहरु नक्कली आवरणमा टिकिरहेका छन् । नेपालका कम्युनिष्ट पार्टी साँचो अर्थमा कम्युनिष्ट पार्टी होइनन् । तिनीहरु नाममा मात्रै कम्युनिष्ट हुन् । कम्युनिष्ट आदर्श र मूल्यमान्यताबाट पूर्णतः च्युत भइसकेका छन् । उनीहरुको कथनी र करनीमा आकाश जमीनको फरक छ । राजनीतिक आदर्श एउटा लिने तर अभ्यास भने अर्कै आदर्शको गर्ने हो भने त्यसको के काम ?

नेपालका राजावादी, जातीवादी, क्षेत्रीयतावादी, धर्मवादी लगायतका दलहरु राजनीतिक मूल्य गुमाएका अवस्थामा छन् । त्यसकारण नेपालको राजनीतिमा नविनताको जरुरी छ । नयाँ आदर्श र मूल्य भएको राजनीतिको जरुरी छ । नेपालका परम्परागत राजनीतिक दलहरुबाट वैकल्पिक राजनीतिको अलिकति पनि अपेक्षा गर्न सकिँदैन । त्यसकारण नेपालको विद्यमान राजनीतिको विकल्प खोजिनु जरुरी छ । विकल्पको अर्थ नयाँ पार्टी भनेको होइन । राजनीतिमा नयाँपन हो । नयाँपन नेपालको राजनीतिलाई जसले दिनसक्छ त्यसलाई नेपाली जनताले शासन गर्ने जिम्मेवारी दिनुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *