राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यो राजनीतिले सही अर्थमा राजनीति गर्न सक्दैन ।

 

काठमाडौँ, चैत्र २५ गते ।

राजनीति निरन्तर परिवर्तनशील हुन्छ । अर्थात् राजनीति भनेको बगेको खोला हो । कुनै कारणले राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यो राजनीतिले सही अर्थमा राजनीति गर्न सक्दैन । त्यो धर्मशास्त्र हुन जान्छ । त्यो राजनीतिले कर्मकाण्डको रुप धारण गर्दछ । कर्मकाण्डी राजनीतिले देश र दुनियाँलाई चिन्न सक्दैन । परिणामतः त्यो राजनीतिले देश र दुनियाँलाई बदल्न वा सेवा गर्न सक्दैन । त्यसैकारण राजनीतिमा विकल्पको खोजी गरिरहनु पर्छ ।

नेपालमा नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । आज त्यो पार्टी पूरै कर्मकाण्डी भएको छ । ०७ सालको वीपीको कुरा गरेर आज राजनीति गरिरहेको छ । अत्यन्तै पुरानो राजनीतिक प्रणाली अर्थात संसदीय शासन प्रणाली अपनाउँछ । उसले सोही प्रणालीमा ठूलो राजनीति देखेको छ । ०७ सालयता दुनियाँमा ठूलो परिवर्तन भई सकेको छ । तर नेपाली कांग्रेसलाई त्यसको कुनै मतलब छैन । हिजो वीपीले के भनेका थिए त्यही कुरा बारम्बार दोहो¥याई रहेको छ । त्यस कारण नेपाली कांग्रेसको राजनीति कर्मकाण्डी राजनीति हो । उसले जानेको भनेको ५ वर्षमा आउने चुनावमा कुनै पनि हालतमा जित्नु पर्ने ।

त्यसका लागि आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई कुनैपनि हालत र तरहले आफ्नो पकडमा ल्याइरहने । बारम्बार चुनावमा जित्ने । राज्यको स्रोतको दोहन गरिरहने । आफूलाई राजनीतिको केन्द्रमा राखिरहने । नेपाली कांग्रेसको राजनीति भनेको अत्यन्तै पछौटै अवस्थामा छ । उसको राजनीतिमा सत्ता हावी छ । केही प्रक्रिया मार्फत सत्तामा पुग्ने र मृत्युपर्यन्त सत्तामा रहिरहेन बाहेकका उसको कुनै राजनीतिक एजेण्डा देखिँदैन । त्यसैले नेपाली कांग्रेसको राजनीति भनेको पुरातन राजनीति हो । उसको राजनीतिले आजको देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सक्दैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *