समाज भनेको मूल हो भने राजनीति लगायतका अन्य क्षेत्र अंश हुन् ।

 

काठमाडौं, चैत्र २१ गते ।

समाज भनेको मूल हो भने राजनीति लगायतका अन्य क्षेत्र अंश हुन् । नेपालमा विभिन्न क्षेत्रमा अनेक विकृति विसंगति व्याप्त छन् । तिनीहरुको समग्र निरुपण गर्ने प्रयत्न नगरिएका कारण समस्याको समाधान निस्कन नसकेको हो । नेपाल जाति, भाषा, धर्म, संस्कृति आदिको हिसाबले सम्पन्न मुलुक हो । प्राकृतिक विविधताको हिसाबले पनि नेपाल सम्पन्न मुलुक हो । हरेक हिसाबले सम्पन्न यो मुलुक आज आर्थिक हिसाबले भने विपन्न अवस्थामा छ । परिणामतः लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा श्रम बेच्न बाध्य भएका छन् । छिमेकी देशहरु उदीयमान शक्तिको रुपमा अगाडि बढीरहेका छन् ।

नेपाल भने अझै पनि गरिबीको चरम पिडामा छ । यो गरिबी हुनुको प्रमुख कारण भनेको राजनीति ठिक नभएका कारण हो भन्ने आम बुझाई छ । यो भनाईमा सत्यता छ । यसको अर्थ अन्य क्षेत्र सबै ठिक भन्ने कदापी होइन । नेपाली समाजको विभिन्न पक्षहरुको गहिरो विश्लेषण गर्दा सुधार गर्नु पर्ने धेरै विषय छन् । नेपाललाई आर्थिक रुपले सम्पन्न बनाउनु त छँदैछ । आम मानवीय मुल्य र मान्यताको हिसाबले पनि त्यति नै सम्पन्न बनाउनु पनि जरुरी छ । मानव विकास सुचकाङ्कको हिसाबले नेपाललाई सम्पन्न नबनाई नेपालको प्रत्येक क्षेत्रको विकास भएको माँनिदैन ।

नेपाललाई आर्थिक सुचकाङ्कको साथै मानव विकास सुचकाङ्को हिसाबले पनि अगाडि कसरी बढाउने भन्ने चुनौती हाम्रो सामु छ । नेपालको राजनीति ठिक नभएका कारण आर्थिक रुपमा नेपालको अबस्था नाजुक छ भन्ने कोणबाट मात्रै बहस र छलफल गरिनु नितान्त बेठिक छ । राजनीतिलाई सुधार गरेर मात्रै नेपालको आम समस्याको समधान गर्न सकिन्छ भन्नु भ्रम हो । मानव विकास सुचकाङ्कमा नेपाल अति पछाडि पर्नु राजनीति एक महत्वपूर्ण कारण हुन सक्छ तर त्यो कारण नै सबै होइन । त्यस कारण अब नेपाललाई बहुआयामिक हिसाबले सम्पन्न बनाउन नेपाली समाजको विषद चिरफार गरी समाधानको उपाय खोजिनु पर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *