सगरमाथा र मृत सागरबीच दुई पक्षीय सम्बन्ध विस्तार गर्दा पर्यटन विकासमा टेवा पुग्ने ।

 

काठमाडौं, चैत्र २१ गते ।

सगरमाथा विश्वकै सर्वोच्च शिखर हो भने मृत सागर विश्वकै होचो भाग हो । सगरमाथाको उचाई समुद्र सतहबाट २९,०२९ फिट माथी छ भने मृत सागर समुन्द्र सतहबाट ४२२ फिट तल छ । सगरमाथा र मृत सागरको बिचमा २९,४५१ फिट लामो दुरी छ । सगरमाथा नेपालमा पर्छ भने मृत सागर इजरायलमा पर्छ । सगरमाथा नेपालमा हुनु नेपालका लागि गर्वको विषय हो भने मृत सागर इजरायलमा हुनु इजरायलको लागि गर्वको विषय हो । नेपाल प्राकृतिक स्रोत साधन र सौन्दर्यले भरिपूर्ण मुलुक हो भने इजरायल आर्थिक रुपले सम्पन्न मुलुक हो । नेपालीहरु रोजगारीका लागि इजरायल जान्छन् भने इजरायलीहरु प्राकृतिक सुन्दरता हेर्न नेपाल आउँछन् ।

सगरमाथाको देश नेपाल गरिब हुनु तर मृत सागरको देश इजरायल सम्पन्न हुनुमा राजनीतिक कारण नै प्रमुख हो । इजरायलले पेट्रोलियम पदार्थ बेच्छ भने नेपालले पानी बेच्न सक्नुपर्छ । नेपालले प्राकृतिक सुन्दरतायुक्त दृश्य बेचेर नै मुलुकलाई धान्ने रकम जम्मा गर्न सक्छ । नेपाल बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध जन्मेको मुलुक हो भने इजरायल इसाई धर्मका प्रवर्तक जिसस क्राइष्ट जन्मेको मुलुक हो । यस हिसाबले नेपाल र इजरायल धार्मिक हिसाबले पनि गौरवशाली मुलुक हुन् । गौतम बुद्धले अन्र्तध्यान मार्फत मानव मुक्तिको उपाय खोजे भने जिसस् क्राइष्टले मानव मुक्तिकै लागि मृत्युवरण गरे ।

सगरमाथा र मृत सागरको बीचमा सम्बन्ध कायम गर्दै पर्यटन प्रवद्र्धन गर्न सकेमा नेपालमा पर्यटनको विकास द्रूत गतिमा हुन्छ । अग्लो र होचो यी दुई भूभागकै कारण नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ । सगरमाथा–मृत सागर सिधा हवाई पर्यटन मार्ग बनाउन सकेमा यसले दुई पक्षीय सम्बन्ध विस्तार गर्दै पर्यटन विकासमा टेवा पु¥याउँछ । सगरमाथालाई अंग्रेजीमा माउन्ट एभरेष्ट भनेर चिनिन्छ भने मृत सागरलाई डेड सी भनेर चिनिन्छ । २०१२ सेप्टेम्बर ४ मा नेपाल र इजरायल सरकारले सगरमाथा र मृत सागर अङ्कित हुलाक टिकट एकै दिन प्रकाशन गरेका छन् । यी दुई मुलुकबीच सन् १९६० देखि दौत्य सम्बन्ध कायम भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *