इतिहासमा २०औं शताब्दी सिर्जना र विनाशको अभुतपूर्व घटनक्रम बोकेको शताब्दी बन्यो ।

 

काठमाडौं, चैत्र १६ गते ।
२०औं शताब्दी सिर्जना र विनाशको अभुतपूर्व इतिहास बोकेको शताब्दी बन्यो । राजनीतिक रुपमा थुप्रै औपनिवेशिक मुलुकहरु स्वतन्त्र भए भने गृहयुद्ध र विश्वयुद्धले विश्व नै त्राहीमाम हुन पुग्यो । यो शताब्दीमा विश्वले प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको सामना गर्नुप¥यो । प्रथम विश्वयुद्धमा लाखौ मानिस मरे भने दोस्रो विश्वयुद्धले पनि त्यही नियती सिर्जना ग¥यो । अरबौंको भौतिक सम्पत्ति नष्ट भए ।

दोस्रो विश्वयुद्धमा क्षणभरमै लाखौं मानिस खरानीमा परिणत भएको कुराले वर्तमान विश्वका प्रत्येक मानिसको दिल दिमागमा घचघच्याउने गर्छ । अमेरिकाले ६ अगस्ट र ९ अगस्ट १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसालेको परमाणु बम कौतुहलताको विषय हो । जर्मनीका कारण दोस्रो विश्वयुद्ध प्रारम्भ भएको थियो । प्रथम विश्वयुद्धमा जर्मनीको अपमानजनक हार भएका कारण एडोल्फ हिटलरले बदलाको भाव स्वरुप यो युद्धको सुनियोजित ढङ्गले प्रारम्भ गरेका थिए ।

अन्ततः जापानी नागरिकहरुले आफ्नो अमुल्य जीवनको आहुती दिएर मूल्य चुक्ता गर्नुप¥यो । दोस्रो विश्वयुद्ध तीव्र गतिमा फैलिरहेका बेला खासगरी जर्मनी र अमेरिका बीच नयाँ र शक्तिशाली हतियार बनाउन होडबाजी नै चलेको थियो । परमाणु बम बनाउन जर्मनीले पहिलेनै शुरु गरेको थियो । सबैभन्दा पहिले परमाणु बम बनाउन अमेरिका सफल भयो । अमेरिकाले निर्माण गरेका दुई परमाणु बमले गरेको बिनासलिलाले दोस्रो विश्वयुद्ध बलपूर्वक समाप्त गरेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *