साउदी अरेबियाको नेपालमा १२ करोड अमेरिकी डलर बराबरको लगानी भइसकेको छ ।

 

काठमाडौं, फागुन १५ गते ।
नेपाल हिमाल, पहाड, तराई, चुरे, उपत्यकाले भरिएको रमणीय मुलुक हो । साउदी अरेबिया समुद्रसँग जोडिएको अत्याधिक तापक्रम हुने मुलुक हो । त्यहाँका नागरिक नेपाल आउँदा प्राकृतिक सुन्दरताले मोहित हुन्छन् । उक्त मुलुक विश्वकै बढी तेल उत्पादन गर्ने मुलुकमा पर्छ । समुद्री बन्दरगाह भएका कारण उसलाई विश्वभरी नै व्यापार गर्न सहज छ ।

नेपालसँग सगरमाथा र लुम्बिनी भएको गर्व भए जस्तै उक्त मुलुकले मक्का र मदिनामा गर्व गर्छ । आज विश्वका धनी मुलुकहरु समान भएको यो मुलुकसँग नेपालले द्विपक्षीय सम्बन्धलाई अझै मजबुत बनाउनु आवश्यक छ । सन् २०१२ मा नेपालमा दुतावास खोलिनु सम्बन्ध विस्तारको एक आधार हो । रोजगारीको प्रमुख गन्तव्य तथा आकर्षक मुलुक भएकाले वैदेशिक रोजगार सम्बन्धी कानुनी र प्रक्रियागत जटिलतालाई सरल बनाउन आवश्यक छ ।

साउदी अरेबियाको १२ करोड अमेरिकी डलर बराबरको लगानी नेपालमा भइसकेको अनुमान गरिन्छ । त्यहाँका धनाढ्यहरुले फुर्सदको समयमा भ्रमण गर्ने हुनाले विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ आकर्षित गर्न सक्नुपर्छ । नेपालको हरेक ठाउँ सौन्दर्ययुक्त भएकाले पर्यटनमार्फत साउदी अरबका जनतालाई नेपाल भित्रयाउन सकेमा नेपालले धेरै वैदेशिक मुद्रा आर्जन गर्न सक्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *