नेपाल र भारतबीच जनता-जनताको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सुमधुर सम्बन्ध छ ।

 

काठमाडौं, फागुन १५ गते ।
नेपालको भुगोल सानो छ र भारतले तीन तिरबाट घेरेका कारण भूपरिवेष्ठित पनि हुनु परेको छ । व्यापार घाटा सहँदै ठूलो आर्थिक कारोबार भारतसँगै हुन्छ । यो नेपालको बाध्यता हो । नेपाल चीनबीच सीमा विवाद छैन । भारतसँग पनि यस्तै हुनुपर्छ । सहअस्तित्वलाई दुवै देशले स्वीकार्नुपर्छ । भारत र चीन पनि २ छिमेकी मुलुक नै हुन् । यी दुई मुलुकका बीच पनि सीमा विवाद छ । सन् १९६२ मा भारत चीनबीच ठूलो युद्ध नै भयो । त्यस्तै गरी पाकिस्तानसँग पनि भारतको सीमा विवाद छ ।

जम्मु कस्मिर बढी विवादित छ । दुवै देशका सेना तैनाथी हुन्छन् । पाकिस्तानका जाली नोट र लागूऔषधका अपराधीहरु नेपाली भूमी प्रयोग गर्दै घुसपैठ गरिरहेका छन् । यसले भारतलाई बढी संवेदनशील बनाएको छ । यो संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ । सीमा क्षेत्रमा एकतर्फी बाँध बनाएका कारण नेपाली जमिन डुबानमा परेको छ । ठाउँठाउँमा सीमा स्तम्भहरु हटाउने वा नेपाली भूमितर्फ सार्ने काम पनि भएको छ । भारतले सीमा क्षेत्रमा सुरक्षाबल तैनाथ गरेको छ । उक्त सुरक्षाबलका जवान नेपाली भूमिमा प्रवेश गरेर पिडा दिने काम भएको छ जुन निन्दनीय हुन्छ ।

सामाजिक र सांस्कृतिक क्षेत्रमा जनताबीच सुमधुर सम्बन्ध छ भने राजनीतिक क्षेत्रमा पनि त्यही हुनुपर्छ । भारतसँग नेपालको कुटनीतिक सम्बन्ध फितलो छ । यसले नेपाली नेता भारत धाउने तर भारतका नेता नेपाल आइरहेका छैनन् । भारतको सामान्य नेता आउँदा पनि नेपालका नेताहरु भेटका लागि लाइन बस्छन् । भारतले नेपालको आर्थिक विकासमा विभिन्न क्षेत्रमा लगानी गरेको छ । नेपालको आर्थिक विकासमा भारतको योगदान छ । भारतले एउटा हातले राम्रो र अर्को हातले नराम्रो गरिरहेको छ । आगामी दिनमा पनि नेपाल भारत बीच सुमधुर सम्बन्ध कायम गर्नुको विकल्प छैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *