रुसी आक्रमणविरुद्ध युक्रेनी सेनाको प्रत्याक्रमण झनै बलियो हुँदै गएको विश्लेषण ।

 

काठमाडौं, चैत्र १० गते ।
रुसी आक्रमणविरुद्ध युक्रेनी सेनाको प्रत्याक्रमण झनै बलियो हुँदै गएको विश्लेषण गरिएको छ । फेब्रुअरी २४ बाट रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । उक्त रुसी हमला शुरु भएको महिना दिन पुगेको छ । रुसले केही दिनमै युक्रेनमाथि विजय हासिल गर्ने विश्लेषण गरिएको थियो । तर, दुई देशबीचको युद्ध लम्बिएको छ । एक महिना पुग्दा समेत रुसले सफलता हासिल गर्ने कुनै छाँटकाँट देखिएको छैन । पछिल्लो समाचार अनुसार युक्रेनी सेनाको प्रत्याक्रमण झनै बलियो हुँदै गएको छ । रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरिसेको छ । उसले व्यापक बल प्रयोग गरिसकेको छ । व्यापक भौतिक संरचना नष्ट गरिसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरबाट नाकाबन्दीमा फसेका छन् ।

युक्रेनमाथिको हमला लम्बिएसँगै उनले खतरनाक हमला गर्न सक्ने चिन्ता पनि व्यक्त गरिँदैछ । विश्व समुदायबाट अलग्गिएका पुटिन झनै आक्रमक बन्न सक्ने बताइएको छ । देश भित्रैबाट उनको व्यापक विरोध भइरहेको छ । युक्रेनलाई नियन्त्रणमा लिन नसक्नु र विश्वभरबाट नाकाबन्दीमा पर्नु उनका लागि असह्य हुँदै गएको आँकल गरिएको छ । विभिन्न गुप्तचर निकायहरुले अब पुटिनले के गर्लान भन्ने थाहा पाउन खोजिरहेको भन्ने समाचार पनि आएका छन् । अमेरिका र युरोपेली देशहरुले युक्रेनलाई भारी मात्रामा सहयोग गरेका छन् । विश्वभरबाट रुसी आक्रमणको विरोध भएको छ । त्यसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, युक्रेनी सेना र जनतालाई बलियो ढाडस मिलेको छ । युक्रेनी सेनाले पछिल्ला दिनमा झनै डटेर रुसी सेनाविरुद्ध प्रत्याक्रमण गर्न थालेको बताइको छ ।

रुसी नियन्त्रणमा पुगेका कतिपय ठाउँहरुलाई पुनः नियन्त्रणमा लिन युक्रेनी सेनाले कारबाही गरिरहेको अमेरिकाले भनेको छ । आक्रमण शुरु हुँदा रक्षात्मक रहेका युक्रेनीहरु पछिल्ला दिनमा प्रत्याक्रमणमा उत्रिन थालेका छन् । रुसी कब्जामा गएको खेअरसन शहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरु प्रयत्नरत रहेको बीबीसी समाचारमा बताइएको छ । अर्को शहर भेज्नेसेन्स्कमा रुसी ट्याङ्को एक लस्करलाई युक्रेनी सेना र नागरिकले ध्वस्त बनाएको बताइएको छ । त्यहाँबाट रुसी सेना पछि हट्न बाध्य भएका छन् । रुसी नियन्त्रणमा गएको भनिएको अर्को शहर माकारिभमा पुनः युक्रेनी झण्डा फहराइएको बताइएको छ । अर्को शहर मारिओपोलमा दुबै पक्षबीच भिषण लडाईँ भइरहेको छ । उक्त शहरमा व्यापक क्षति भइसकेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *