महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ भिड्ने

 

काठमाडौं, ३१ असोज

नवौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । स्याङ्जा वालिङ मैदानमा जारी राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश एक अन्तिम चारमा प्रवेश गरेका छन् ।

असोज २७ बाट सुरु भएको प्रतियोगितामा समूह ए बाट ६ अंक बनाएको नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनायो । यसै समूहबाट तीन अंक जोडेको बागमती प्रदेश र बिना अंकको लुम्बिनी प्रदेश बाहिरिए ।

समूह बी बाट ६ अंक जोडेको आर्मी विजेता बन्दा बन्यो । एक–एक अंक जोडेका मधेस प्रदेश र सुदूरपश्चिम समूह चरणबाट माथि बढ्न सकेन ।  समूह सी बाट सत प्रतिशत जितसहित एपीएफ नौं अंक सहित शीर्षस्थानमा रह्यो । प्रदेश एकले ६ अंक जोडेर उपविजेता बन्यो । तीन अंक जोडेको गण्डकी प्रदेश  र विना अंकको कर्णाली प्रदेश समूह चरणमाथि सकेनन् ।

अब सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए विजेता नेपाल पुलिस र समूह सी उपविजेता प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी विजेता आर्मी र समूह सी विजेता एपीएफबीच भिडन्त हुनेछ ।

पहिलो सेमिफाइनल खेल साढे १२ बजे र दोस्रो खेल साढे तीन बजे सुरु हुने तालिका छ । फाइनल तथा तेस्रो स्थानको खेल भने बिहीबार हुनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *