विश्वका १९५ देशहरुमध्ये १९३ देशहरु संयुक्त राष्ट्रसंघका सदस्य रहेका छन् ।

 

काठमाडौं, चैत्र ४ गते ।
महासभा संयुक्त राष्ट्रसंघका ६ अंगहरुमध्येको एक प्रमुख अंग हो । यो राष्ट्रसंघको सबैभन्दा ठूलो अंग पनि हो । संयुक्त राष्ट्रसंघका अंगहरुमा महासभा, सुरक्षा परिषद्, संरक्षण परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय रहेका छन् । ती अंगहरुमध्येको एक अंग महासभा हो । संयुक्त राष्ट्रसंघको आफ्नो शान्ति सुरक्षा कायम गर्ने, मैत्री सम्बन्ध विकास गर्ने, मानव कल्याणका लागि सहयोग गर्ने आदि जस्ता उद्देश्य पूर्तिका लागि यी अंगहरु स्थापना गरिएका हुन् ।

हाल विश्वमा संयुक्त राष्ट्रसंघले मान्यता दिएका १९५ देशहरु रहेका छन् । विश्वका १९५ देशहरुमध्ये १९३ देशहरु संयुक्त राष्ट्रसंघका सदस्य रहेका छन् । सदस्य नरहेका देशहरुमा भ्याटिकन सिटी र प्यालेस्टाइन छन् । राष्ट्रसंघका सदस्य राष्ट्रहरु नै महासभाका सदस्य राष्ट्रहरु हुन् । यसको बैठक संयुक्त राज्य अमेरिकाको न्यूओर्कमा प्रत्येक वर्षको सेप्टेम्बरको तेस्रो मंगलबार शुरु हुन्छ । सुरक्षा परिषद्का बहुमत सदस्यहरुको अनुरोधमा कुनैपनि बेला संकटकालीन बैठक बस्ने सक्ने व्यवस्था पनि रहेको छ ।

महासभाका कामकारबाहीलाई व्यवस्थित गर्न सातवटा समितिहरु रहेका छन् । राजनीतिक एवम् सुरक्षा समिति, आर्थिक तथा वित्तिय समिति, सामाजिक, मानवीय तथा सांस्कृतिक समिति, न्याय समिति, प्रशासकीय एवम् बजेट समिति, कानुनी समिति तथा विशेष राजनीतिक समिति रहेका छन् । यसलाई संयुक्त राष्ट्रसंघको डेलिबरेटिभ, पोलिसी मेकिङ तथा रेप्रिजेन्टेटिभ अंग पनि भनिन्छ । यस सभामा अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, विकास, नशश्त्रिकरण, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन, विवादको शान्तिपूर्ण मध्यस्थता जस्ता विष्यहरुमा छलफल गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *