विज्ञहरुका अनुसार चिनीले मानिसको स्वास्थ्य, आयु र प्रशन्नतालाई क्षय गरिरहेको हुन्छ ।

 

काठमाडौं, चैत्र ३ गते ।
स्वास्थ्य विज्ञहरुका अनुसार चिनी कार्बोहाइड्रेड वर्गमा पर्ने खाद्यवस्तु हो । उनीहरुले यसलाई मन्दविष भन्ने संज्ञा पनि दिएका छन् । किनकि चिनीले मानिसको स्वास्थ्य, आयु र प्रशन्नतालाई क्षय गरिरहेको हुन्छ । चिनी पचाउन कठिन हुने भएकाले यसले कलेजो, पित्ताशय, मिर्गौला र अन्द्रालाई सामथ्र्यहीन बनाई दिन्छ । चिकित्सकहरुका अनुसार चिनी सेवनका कारण मधुमेह, फ्याटी लिभर, मोटोपन, कब्जियत, अल्सर, ग्यासट्राइटिस आदि जस्ता रोगहरु लाग्ने गर्छन् ।

भान्सामा कहिल्यै नटुट्ने चिनीलाई मृतप्रायः सारहीन वस्तु भएको पोषणविद्हरुले भन्ने गरेका छन् । जिब्रोलाई मिठास बाहेक यसका अरु सबै अवगुणहरु मात्रै रहेका छन् । चिनीको सेवनले ऊर्जा होइन उत्तेजना बढाउँछ । जसले मान्छेलाई बलगाम बनाई दिन्छ । यसको पूर्व प्राकृत अवस्थाका गुण प्रशोधनको क्रममा नष्ट भइसकेका हुन्छन् । त्यसैले डा. रोबर्ट लस्टिङले चिनीलाई अल्कोहलभन्दा घातक र कोकिनभन्दा नशालु चिज हो भनेका छन् ।

चिनीको अधिक सेवनले रगतमा सुगरको मात्रा बढ्न गई मस्तिष्क र सेन्ट्रल नर्भस सिस्टमलाई समेत असर गर्छ । प्रत्येक दिन चिनी सेवन गर्दा शरीरमा भिटामिन बी कम्पलेक्सको कमी हुन पुग्छ । परिणामतः अपच, कब्ज, छालाको रोग, अजीर्ण, कोलाइटिस, मुटुरोग, स्नायुजन्य रोग लाग्ने सम्भावना बढी हुन्छ । पोषणविद्हरुले हानीकारक चिनीको सट्टामा सक्खर, गुड, चाकु, खुदोको सेवन गर्न सल्लाह दिएका छन् । चिकित्सकहरुले चिनी मिश्रित चियाको सट्टामा ग्रिन टी लगायतका चिनी रहित खानेकुरामा बानी बसाल्न सल्लाह दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *