समाज विकासको क्रममा समाजकै अन्तर्यबाट दर्शन तथा विचारहरु विकास भए ।

 

काठमाडौं, चैत्र ३ गते ।
समाज विकासको क्रममा समाजकै अन्तर्यबाट विभिन्न दर्शन तथा विचारहरुको विकास भए । तिनीहरुले समाजलाई विकसित बनाउन योगदान गरे । कतिपय विचारलाई राजनीतिले आत्मसात् ग¥यो । मानवको समृद्धि र शान्तिका लागि तिनीहरुको प्रयोग राजनीतिले गर्नुपर्ने आवश्यक ठान्यो । राजनीतिले आत्मसात् गरेका विचारहरुमा पुँजीवाद, साम्यवाद र समाजवाद प्रमुख रहेका छन् । पुँजीवाद भनेको पुँजी मार्फत् पुँजीको निर्माण गरेर समाज सञ्चालन गर्ने विचार हो । यसको सम्बन्ध अर्थतन्त्र, समाज र राजनीतिसँग पनि प्रत्यक्ष रुपमा जोडिएको छ ।

पुँजीवादले स्वतन्त्रतालाई प्रमुख ठान्छ । यसले व्यक्तिको विकासलाई प्रधान ठान्छ । व्यक्तिको प्रतिभाको विकास व्यक्तिमा निहित निजत्वको परिणाम हो भन्ने विश्वास गर्छ । यसले विकासको आधार प्रतिष्पर्धा हो भन्ने स्वीकार गर्छ । पुँजीले श्रम परिचालित गर्ने भएकाले विकासको आधार पुँजीलाई मान्छ । अर्को विचार भनेको साम्यवाद रहेको छ । यसले समानतालाई प्रधानता दिन्छ । समाज नै प्रमुख भएको स्वीकार गर्छ । व्यक्तिको प्रतिभा विकासको आधार समाजको देन हो भन्ने मान्छ । विकासका लागि सहकार्य गर्नु पर्ने ठान्छ ।

श्रमले पुँजीको निर्माण गर्ने भएकाले विकासको आधार श्रमलाई ठान्छ । अर्को विचार समाजवाद रहेको छ । यसले स्वतन्त्रता र समानतामा एकको मूल्यमा अर्को छान्न नसकिने विश्वास गर्छ । व्यक्ति विना समाज र समाज विना व्यक्ति रहन नसक्ने ठान्छ । प्रतिभा व्यक्तिगत रुचि र सामाजिक ज्ञान दुबैको समिश्रण भएको मान्छ । श्रमबाट पुँजी निर्माण हुन्छ तर पुँजी निर्माणपछि स्वयम् श्रम परिचालित गर्ने क्षमता राख्दछ । विकासका लागि श्रम र पुँजी उत्तिकै महत्वपूर्ण हुने मान्यता राख्छ । उपर्युक्त तीन विचारहरुको तुलनात्मक अध्ययन गर्दा समाजवादी दृष्टिकोणलाई उत्तम मानिन्छ, मानिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *