ब्ल्याक बक्स हवाई जहाजको उडान तथ्याङ्क र आवाजलाई ग्रहण गर्ने यन्त्र हो ।

 

काठमाडौं, चैत्र २ गते ।
ब्ल्याक बक्स भन्नाले हवाई जहाजको उडानको तथ्याङ्क र आवाजलाई ग्रहण गर्ने यन्त्र हो । हवाई जहाज दुर्घटनाग्रस्त भएमा ब्ल्याक बक्सको खोजी गरेर दुर्घटनाको कारण पत्ता लगाइन्छ । यो कालो आकारको बक्स नभई हल्का पहेँलो आकारको डिब्बा बन्द उपकरण हो । यसमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर नामका दुई उपकरण जडान गरिएको हुन्छ ।

यो आगो, पानी र ठक्करहरुबाट पूर्णतः सुरक्षित रहन्छ । ककपिट भ्वाइस रेकर्डरले ध्वनी रेकर्ड गर्छ भने फ्लाइट डेटा रेकर्डरले संकेतको रेकर्ड गर्दछ । हवाई जहाज कुन गतिमा उडेको थियो, कति उचाईमा थियो, विमानले कस्तो संकट झेल्नु परेको थियो जस्ता कुराहरु फ्लाइट डेटा रेकर्डरले रेकर्ड गर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *