विद्युत प्राधिकरणले अम्बे स्टिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पुग्ने बिजुली दिने ।

 

काठमाडौं, फागुन ३० गते ।
नेपाल विद्युत प्राधिकरणले अम्बे स्टिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बिजुली उपलब्ध गराउने भएको छ । दैनिक खपत बढाउन प्राधिकरणले आवश्यक मात्राको बिजुली औद्योगिक प्रतिष्ठानलाई उपलब्ध गराउने भएको हो ।

सोही क्रममा नेपालगञ्जमा रहेको अम्बे स्टिल्सलाई प्राधिकरणले ३५ मेगावाट बिजुली उपलब्ध गराउने भएको हो । अम्बे स्टिल्सलाई हाल ८ मेगावाट मात्रै बिजुली उपलब्ध गराउँदै आएको छ । थप २७ मेगावाट बिजुली चाँडै उपलब्ध गराउन पूर्वाधार निर्माणको कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *