अन्तर्राष्ट्रिय शक्तिको चलखेल रोक्न चुनावी ब्याटल जित्नैपर्ने प्रचण्डको भनाई ।

 

काठमाडौं, फागुन ३० गते ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा माओवादीलाई हराउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेल भएको आरोaप लगाएका छन् । विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् । चुनावमा क्रान्तिकारी शक्तिलाई हराउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र लागेको उनको दाबी थियो ।

चुनावमा क्रान्तिकारी विचार राख्नेलाई हराउने र दुई पार्टी मात्रै कायम गर्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रले चाहेको उनको भनाई थियो । त्यसविरुद्ध ब्याटलकै रुपमा चुनाव जित्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय शक्तिको पछिल्लो गतिविधिलाई सामान्य रुपमा नलिन समेत कार्यकर्तालाई आग्रह गरे । कांग्रेस र एमालेलाई जस्तो चुनाव हार्ने छुट माओवादी केन्द्रलाई नभएको उनको भनाई थियो । आगामी चुनावमा माओवादीले हा¥यो भने गणतन्त्र, संघीयता र समावेशिता गुम्ने खतरा रहेको दाबी गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *