प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ।

 


काठमाडौं, वैशाख २५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेण्डा भने खुलाइएको छैन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । एजेण्डा नखुलाइएको र शनिबारको दिन बैठक बलाइएकाले उक्त बैठकलाई चासोका साथ हेरिएको छ । वैशाख २७ गते सरकारले विश्वासको मत नपाउने पक्का भएको अवस्थामा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । त्यसैले यो बैठकले कुनै महत्वपूर्ण निर्णय पनि गर्न सक्ने आंकलन गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *