शीत युद्धमा अमेरिकाले वेस्टर्न ब्लक र सोभियत संघले इस्टर्न ब्लकको नेतृत्व गरे ।

 

काठमाडौं, फागुन २७ गते ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच शीतयुद्ध चल्यो । उक्त युद्धको प्रभाव विश्वभर प¥यो । आर्थिक, सामरिक र वैचारिक हिसाबले आफूलाई महाशक्ति देखाउन उक्त दुई देशले छायायुद्ध अर्थात् शीतयुद्ध गरे । शीत युद्धकालमा अमेरिकाले वेस्टर्न ब्लक र सोभियत संघले इस्टर्न ब्लकको नेतृत्व गरेका थिए । विश्वका धेरै देशहरु उक्त दुई ध्रुवमा बाँडिएका थिए । कतिपय देशहरु कुनैपनि ध्रुवमा लाग्न वा जोडिन चाहँदैन थिए । त्यस्ता देशहरुले आफूलाई स्वतन्त्र राख्न चाहन्थे ।

सन् १९६१ मा त्यस्ता देशहरुले आफूलाई स्वतन्त्र राख्न असंलग्न आन्दोलनको स्थापना गरे । युगोस्लाभियाको बेलग्रेड शहरमा उक्त अभियानको स्थापना र शुरुवात भएको थियो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु, इण्डोनेशियाका प्रथम राष्ट्रपति सुकार्नो, इजिप्टका दोस्रो राष्ट्रपति गमाल अब्देल नासेर, घानका प्रथम राष्ट्रपति क्वाम एन्क्रुमा र युगोस्लाभियाका राष्ट्रपति जोसेफ ब्रज टिटोको अगुवाई र पहलमा उक्त अभियानको स्थापना गरिएको थियो । उक्त आन्दोलनको एक प्रमुख सिद्धान्त एक देशले अर्को देशको सार्वभौमसत्ता र प्रादेशिक अखण्डताको सम्मान गर्ने रहेको छ ।

दोस्रो सिद्धान्त एक देशले अर्को देशमाथि आक्रमण नगर्ने रहेको छ । तेस्रो सिद्धान्तमा समानता र पारस्पारिक हितको संरक्षण गर्ने रहेको छ । त्यसैगरी चौथो सिद्धान्तमा शान्तिपूर्ण सहअस्तित्व रहेको छ । पाँचौ सिद्धान्त एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रहेको छ । हाल उक्त अभियानमा १२० देशहरु सदस्य रहेका छन् । त्यसैगरी १७ देशहरु पर्यवेक्षक रहेका छन् । प्रत्येक तीन वर्षमा सदस्य देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलन हुनेगर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *