कांग्रेसले चुनावी तालमेल गर्न अनिच्छा देखाउँदा माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित ।

 

काठमाडौं, फागनु २६ गते ।
नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न अनिच्छा देखाइरहेको छ । उसका नेता तथा कार्यकर्ताहरुले कम्युनिष्टसँग चुनावी तालमेल गर्न नहुने भनाई व्यक्त गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन छन् । सत्ता घटक दलहरुलाई चित्त दुःखाउने अभिव्यक्ति नदिनु मात्रै भन्दै छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदापनि चुनावी तालमेलमा कांग्रेस मौन छ । उसले निर्वाचन लक्षित देशव्यापी अभियान शुरु गरिसकेको छ । कांग्रेसले चुनावी तालमेल गर्ने छाँटकाँट नदेखाएपछि माओवादी अध्यक्ष रुष्ट बनेका हुन् । माओवादीकै कारण कांग्रेसले सत्ताको नेतृत्व पाएको भन्ने नबिर्सियोस् भनेर चेतावनी दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षले भने कांग्रेसले आफूहरुसँग चुनावी तालमेल गर्न तयार हुनुपर्ने भन्दै अपिल गरिरहेका छन् । कांग्रेसका नेताहरुले आफू अनुकूल चुनावी माहौल भएका बेला कम्युनिष्टहरुसँग तालमेल गरेर चुनावमा जानु घातक हुने अभिव्यक्ति दिँदै आएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *