युक्रेनले रुसी सैन्य अधिकारी मेजर जनरल विताली गेरासिमोवलाई मारेको दाबी ।

 

काठमाडौं, फागुन २४ गते ।
युक्रेनले रुसी सेनाको थप अर्को सैन्य अधिकारीलाई मारेको दाबी गरेको छ । उनी मेजर जनरल विताली गेरासिमोव हुन् । युक्रेनको रक्षा मन्त्रालयले उनलाई मारेको दाबी गरेको छ । यो एक हप्तामा दोस्रो सैन्य अधिकारी मारिएका हुन् । यसअघि मार्च ३ मा रुसी सैन्य अधिकारी मेजर जनरल ऐंडी सुखोवेत्स्की मारेको दाबी युक्रेनले गरेको थियो ।

मारिएका दोस्रो रुसी सैन्य अधिकारी गेरासिमोवको जन्म सन् १९७७ को जुलाई ९ मा भएको थियो । उनले रुसका ४१औँ आर्मीको पहिलो निमित्त कमाण्डरको जिम्मेवारी पनि सम्हाली सकेको थिए । प्लाटुन कमाण्डर हुँदै ४१औँ चिफ अफ स्टाफसम्म पुगेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *