जसपा, संघीय परिषद्को पहिलो बैठक जातिवाद र क्षेत्रीयतावाद विरुद्धको कोषेढुङ्गा बनोस् ।

 

काठमाडौं, फागुन २४ गते ।

हामी जसपाका नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तकहरु जातिवादी राजनीति गर्न चाहँदैनौँ । क्षेत्रीय राजनीति गर्न पनि भेला भएका होइनौँ । धर्मका आधारमा राजनीति गर्न पनि जम्मा भएका होइन । हामीले जातीवादी राजनीतिलाई मुर्दावाद भन्छौँ । त्यसैगरी क्षेत्रवादी राजनीतिलाई पनि मुर्दावाद भन्छौँ । धर्मवादी राजनीतिलाई पनि मुर्दावाद नै भन्छौँ । जसपा, नेपालको पहिलो संघीय परिषद्को बैठक काठमाडौँमा हुँदैछ । जसपा, नेपाल गठन भएपछि संघीय परिषद्को पहिलो बैठक बस्न लामो समय लाग्यो । भलै फागुन २८ गते बस्दैछ । यो बैठक औपचारिकतामा सीमित हुन पाउँदैन । किनकि यो पार्टी कांग्रेस जस्तो बनिबनाउ पार्टी होइन । त्यसैगरी एमाले जस्तो पूर्व व्यवस्थित पार्टी पनि होइन । यो पार्टीमा विभिन्न पृष्ठभूमि भएका मान्छेहरु भेला भएका छन् । सबैले आ–आफ्नै डम्फु बजाउँदै आएका छन् । एउटाले बजाएको डम्फू अर्कालाई मन पर्दैन । पार्टीमा कुन डम्फू बजाई हाबी हुने हो, यकिन भएको छैन । आफ्नै डम्फू ठिक भन्ने तरिकाले ठिक ठाउँमा पु¥याउँदैन । मेरो विचारमा जातिवादी र क्षेत्रीयतावादी डम्फूले हार खान्छ । किनकि त्यो डम्फू ठिक छैन ।

आज हामी २१औँ शताब्दीमा छौँ । जातका आधारमा राजनीति गर्ने युग होइन यो । होला, केही जातिवादीहरुलाई ठिक लाग्न सक्छ । तिनीहरुको सोच नै पूर्वाग्रही छ । पूर्वाग्रही सोच राख्ने जातिवादीहरुका लागि यो मेरो मन्तव्य फिट हुँदैन । त्यस्तै क्षेत्रवादीहरुका लागि पनि मेरो यो लेखनले राम्रो गर्दैन । मैले जातिवादको विरोध गरेँ, गरिरन्छु । मैले क्षेत्रवादको विरोध गरेँ गरिरहन्छु । मैले गर्ने भनेको इन्द्रेणी राष्ट्रवादी राजनीति नै हो । यो राजनीति जात, क्षेत्र, वर्ण, लिङ्ग र धर्म भन्दा माथि हुन्छ । मैले धर्म निरपेक्ष राजनीतिलाई स्वीकार गर्छु । किनकि धर्म परम्परागत र कर्मकाण्डी हुन्छ । जबकी राजनीति आधुनिक र बैज्ञानिक हुन्छ, हुनुपर्छ । राजनीति र धर्म एक ठाउँमा आयो वा घुलमिल भयो भने धार्मिक उत्पीडन गर्छ त्यस्तो राजनीतिले । त्यसैले धर्मवादी अर्थात् धर्म आधारित राजनीतिलाई मैले मुर्दावाद भन्छु । त्यसैगरी राजनीति जाति भन्दा फरक र माथि हुनुपर्छ । त्यो भनेको जाति निरपेक्ष राजनीति हुनुपर्छ । जाति भनेको धर्म जस्तै परम्परागत र कर्मकाण्डी हुन्छ । राजनीति भनेको आधुनिक र वैज्ञानिक हुन्छ र हुनैपर्छ ।

राजनीतिलाई जातसँगै जोड्यो भन्ने राजनीतिले आफ्नो स्वत्व नै गुमाउँछ । जातिवादी राजनीतिले जातीय उत्पीडन गर्छ । त्यसैले मैले जातीय राजनीतिलाई मुर्दावाद भन्छु । क्षेत्रीय राजनीति झनै खतरनाक राजनीति हो । राजनीति भनेको देशका लागि हुन्छ । कुनै स्थान विशेषको राजनीति ज्यानमारा राजनीति हो । त्यस्तो राजनीतिको नेतृत्व गर्ने नेता । पछि लाग्ने कार्यकर्तामा क्षेत्रीय कुण्ठा अत्याधिक हुन्छ । उसले राष्ट्रिय राजनीति गर्न सक्दैन । क्षेत्रीय राजनीतिको कुरा गर्दा हिमालवादी राजनीति, पहाडवादी राजनीति, तराईवादी राजनीति, उपत्यकावादी राजनीति, पूर्वी गाउँवादी राजनीति, पश्चिम गाउँवादी राजनीति, उपत्यकावादी राजनीति, चुरेगाउँवादी राजनीति, खहरेगाउँवादी, गैरीगाउँवादी राजनीति आदिलाई क्षेत्रीय राजनीति भनिन्छ । त्यस्तो राजनीतिले राष्ट्रिय राजनीति गर्न सक्दैन । जसपा, नेपाल वैकल्पिक राजनीतिका लागि हो । यो कुराको ख्याल गर्नु जरुरी छ । यसका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदातालाई चेतना भया !

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *