अधिकांश मुलुकको नाडी छाम्न सफल अमेरिकाको लागि चीन भने चुनौती बन्यो ।

 

काठमाडौं, फागुन २२ गते ।
संयुक्त राज्य अमेरिका आर्थिक र सामरिक हिसाबले विश्वकै शक्तिशाली राष्ट्र हो । राजनीतिक पद्धतिका हिसाबले पनि आफूलाई महाशक्ति राष्ट्रको रुपमा देखाउन चाहन्छ । त्यसैकारण उसले विश्वमा भएका लोकतन्त्र विरोधी गतिविधिलाई आधार बनाएर सामरिक आक्रमण गर्छ । आर्थिक र राजनीतिक आक्रमण पनि गर्छ । आजको मितिमा संयुक्त राज्य अमेरिका महाशक्ति राष्ट्रको रुपमा नै छ भन्ने उसको आर्थिक परिसुचकाङ्कले देखाउँछन् । उसको राज्यको राजनीतिक संरचना पनि विश्वलाई सूक्ष्म ढङ्गले हेर्ने गरी विकास गरेको छ ।

विश्वका कुनै पनि घटनाको तत्कालै जानकारी अमेरिकाले पाइसकेको हुन्छ । यो भिमकाय शक्ति राष्ट्रलाई तत्कालै कुनै अन्य राष्ट्रले चुनौती दिन सक्ने अवस्था छैन । युरोपका शक्तिशाली राष्ट्रहरुले पनि त्यो ल्याकत राख्न सकेका छैनन् । पछिल्लो समयमा एसियाली राष्ट्र चीन अमेरिकाको लागि चुनौती बन्दै गएको छ । आर्थिक रुपमा छोटो कालखण्डमा अभूतपूर्व सफलता हासिल गरेपछि अमेरिका झस्किएको भने पक्कै छ । राजनीतिक पद्धति नमिल्ने चीन अलिक नियन्त्रित प्रकृतिको भएकाले अमेरिका उसको अन्तर्यमा सहजै पुग्न सकेको छैन । चीनले पनि आफ्नो आन्तरिक रणनीतिक योजनालाई खुलस्त रुपमा विश्वमाझ लगिहाल्दैन । यस हिसाबले चीन अमेरिकाको निम्ति हाउगुजी नै भएको छ ।

विश्वका अधिकांश मुलुकको अन्तर्यमा नै गएर नाडी छाम्न सफल अमेरिकाको लागि चीन त्यति सजिलो राष्ट्र भने पक्कै छैन । जापान आर्थिक हिसाबले दोस्रो महाशक्ति राष्ट्र हुँदासम्म अमेरिका त्यत्ति सशंकित थिएन । चीनले त्यो स्थान लिने बित्तिकै उसको निंद हराम जस्तै भएको देखिन्छ । भौगोलिक हिसाबले विशाल, जनशक्तिको हिसाबले खाडी राष्ट्रले जस्तो वैदेशिक कामदारको भर पर्नु नपर्ने, प्राकृतिक श्रोतसाधनले आत्मनिर्भर, राजनीतिक रुपमा द्वन्द उत्कर्षमा नपुगेको, आर्थिक विकासको एकसूत्रीय एजेण्डा बोकेको, अन्तर्राष्ट्रिय मामिलामा हस्तक्षेपकारी नभएको, अनुत्पादक क्षेत्रमा खर्च नगर्ने आदि जस्ता कारण चीन अमेरिकाको निम्ति चुनौती बनेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *