काठमाडौं, फागुन २२ गते ।
जनता समाजवादी पार्टी, नेपालले आगामी फागुन २८ गतेका लागि संघीय परिषद्को बैठक बोलाएको छ । बैठक काठमाडौँंको नयाँ बानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्याङ्केटमा बोलाइएको छ । पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराइएको हो । बैठकको एजेण्डा स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन र विविध भनेर उल्लेख गरिएको छ ।