मानव विकासको इतिहासका आधारमा १५ हजार वर्ष पहिलेको समय पूर्व पाषण युग हो ।

 

काठमाडौं, फागनु २१ गते ।
मानव विकासको इतिहासका आधारमा आजभन्दा १५ हजार वर्ष पहिलेको समयलाई पूर्वपाषण युग अर्थात् पेलोलिथिक एज भनिन्छ । मानव उत्पत्ति र उसको सभ्यताको विकासको आधारमा यो पूर्वप्राचिन अवस्था हो । मानव विकासको समग्र इतिहासलाई प्रागऐतिहासिक, आद्य इतिहास र इतिहास गरी वर्गिकरण गरिएको छ । पूर्वपाषण युग प्रागऐतिहासिक समयको प्राचिनतम् खण्ड हो । यस युगमा मानवले ढुङ्गाको हाते औजार हाते बञ्चरो, दुबैतिर धार भएका हतियार बनाएर प्रयोग गर्थे । पुरातत्वशाश्त्रका अनुसार उनीहरुले माछा, घोडा, हरिण, खरायो, मुसा आदि खान्थे । यो युगको मानिस सपरिवार गुफामा बस्थे । जाडोबाट बच्न छाला ओड्थे । हिमयुगको शुरुवात भएसँगै पूर्वपाषण युगको अन्त्य भएको मानिन्छ ।

पुरातत्वशाश्त्रको अनुसार पछिल्लो चरणमा ढुंगा, हाड र जनावरको सिंगबाट रेट्ने, खुर्किने, काट्ने, ताछ्ने, कोतर्ने जस्ता हतियार बनाए । हिउँ मृग तत्कालीन मानवको प्रमुख आहारा थियो । अस्योल संस्कृतिको मानिसले अन्य आहारा नपाए आफैँ जस्ता मानिसको मासु समेत खान्थ्यो। मुस्तेर संस्कृतिको मानवले आफन्तहरुको मृत शरीरलाई व्यवस्थित ढंगले गाढ्न थाल्यो । उक्त युगमा माछा मार्ने बल्छीको समेत विकास गरेको पाइन्छ । केही मात्रामा धार्मिक भावनाको विकास भएको पनि पाइन्छ । शिकार गर्न कुकुर पाल्ने गरेको पनि पाइन्छ । त्यसैगरी मृत्य संस्कारको पनि विकास भएको पाइन्छ । कन्दमूल, फलफूल, शिकारको संकलन जस्ता परिपाटीको विकास भएको पाइन्छ । आफैँले उत्पादन गर्ने संस्कारको भने विकास भएको पाइँदैन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *