मृतक पुरुषसँग जीवित नारी चितामा जलेर प्राण त्याग गर्ने प्रथालाई सतीप्रथा भनिन्छ ।

 


काठमाडौं, फागुन १६ गते ।
मृतक पुरुषसँग जीवित नारी चितामा जलेर प्राण त्याग गर्ने प्रथालाई सतीप्रथा भनिन्छ । जीवित व्यक्तिले जलेर आत्महत्या गर्न अति कष्ट हुने र अनेकौँ नारीहरु सती जाँदा निस्कने हृदयविदारक चीत्कार सुन्न नपरोस् भनी अनेकौँ बाजा बजाउने विभिन्न रागहरु प्रचलन थिए । विशेषतः छोरा नाबालक भएको अवस्थामा, गर्भिणी भएको अवस्थामा सती जानु पर्दैन थियो । जंगबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेर १६ वर्षभन्दा मुनीका महिलाले सती जानु नपर्ने व्यवस्था बनाएका थिए । त्यसैगरी उक्त मुलुकी ऐनमै ५ वर्ष मुनीका छोराछोरी हुनेले पनि सती जानु नपर्ने व्यवस्था गरेका थिए । उक्त व्यवस्थासँगै क्रुर र आततायी सतीप्रथालाई न्यून मात्रामै भएपनि खण्डित गरेको थियो । तर सतीप्रथा हटेको भने थिएन ।

वि.सं. १९७७ मा चन्द्र शमशेरले एक घोषणा गरेर सामाजिक कलंकको रुपमा रहेको सतीप्रथाको अन्त्य गरेका थिए । उक्त घोषणा मार्फत् सदाका लागि कानुनी रुपमै नेपालमा सतीप्रथाको अन्त्य भएको थियो । आंशिंक रुपमा सतीप्रथामाथि अंकुश लगाउने जंगबहादुर र पूर्ण रुपमा सतीप्रथामाथि प्रतिबन्ध लगाउने चन्द्र शमशेरले आम नेपाली महिलाहरुमाथि गुण लगाए । क्रुर सामाजिक कलंकलाई तोडिदिए । पूर्ण रुपमा बन्देज लगाउने चन्द्र शमशर यस कदमका कारण अमर बनेका छन् । आम नेपाली समाजलाई कहिल्यै नबिर्सने गुण लगाएका छन् । उनले सतीप्रथाका लागि ठूलो सहास गर्नु परेको थियो भनिन्छ । सामाजिक सम्बन्ध, व्यवस्था, संस्कृति र संस्कारलाई खलल भयो भनेर ठूलो विरोध पनि भएको थियो भन्ने छ । कर्मकाण्डीय धर्मभिरु र फोहोर मूल्यमान्यतालाई संस्कृति भन्नेहरुले विरोध गरेका हुन सक्छन् । आजको २१औँ शताब्दीको दुनियाँमा पनि त्यस्ता मान्छे जताततै देख्दा भने दिक्क र धिक्कार लाग्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *