सृष्टिको उत्पत्तिसँग मानव सभ्यतालाई दाँज्दा मानव सभ्यताको इतिहास कण बराबर ।

 

काठमाडौं, फागुन १६ गते ।
विश्व ब्रम्हाण्ड अर्थात् संसार कस्तो छ ? यो प्रश्न मानव मस्तिष्कमा आइरहने प्रश्न हो । मान्छे जब जंगली अवस्थाबाट माथि आयो तब यस प्रकारका कठिन प्रश्न गर्न थाल्यो । सृष्टिको उत्पत्तिसँग मानव सभ्यतालाई दाँज्दा मानव सभ्यताको इतिहास कण बराबर हुन आउँछ । बिगब्याङ्ग पछि विश्व ब्रम्हाण्डमा ठूला–ठूला उथलपुथल आए । एक पछि अर्को गर्दै अकाशगंगाको संख्या बढ्न थाले । तारा, ग्रह, उपग्रह, उल्कापिण्डको त गणना गर्न नसक्ने अवस्थाको विकास भयो । प्रकाशवर्षको गतिमा अन्तरिक्ष यान हुइकिँदा आकाशगंगाको एक छेउबाट अर्को छेउसम्म पुग्न एउटा मान्छेको जीवनमा सम्भव हुँदैन् । विश्व ब्रम्हाण्डको विशालता असिमित छ । त्यसैगरी यही विशाल ब्रम्हाण्डमा शुक्ष्मताको सीमा पनि भेट्टाउन कठिन बनेको छ । यो संसारको यथार्थ नै यही हो ।

मानव दिमागले तीब्र गतिमा प्रश्न गर्न थालेको १० हजार बर्षलाई मान्ने हो भने यो समय अत्यन्तै कम हो । साढे १४ अर्ब वर्ष पहिले बिगब्याङ् हुँदै ब्रम्हाण्डको उत्पत्ति भएको भन्ने विज्ञानको ठम्याईलाई मान्ने हो भने मान्छेले प्रश्न गरेको इतिहास कणभन्दा पनि कयौँ गुणा शुक्ष्म हुन पुग्छ । सृष्टिको इतिहास अर्ब, करोड, लाख र हजार हुँदै आज आइसम्म आइपुग्दा आफ्नो अस्तित्व कहाँ छ भन्ने प्रश्नले च्वास्स बनाउँछ । विश्व ब्रम्हाण्डमा पृथ्वी जस्ता ग्रहहरु करोड होइन अर्बको संख्यामा रहेको अन्तरिक्ष विज्ञान विश्वास गर्छ । सबैभन्दा रोचक त पृथ्वी जस्तो मान्छे सहितको लाखौँ प्रजातिका प्राणी सिर्जना गर्ने अन्य ग्रह र उपग्रह पाइएको छैन् । पृथ्वी यस्तो ग्रह हो जसले हामी जस्ता प्रश्न गर्न सक्ने तीक्ष्ण क्षमताका मान्छे उत्पादन ग¥यो । मान्छेले प्रश्न गर्न थालेदेखि आजसम्मका अनेक युगमा अनेक प्रश्न ग¥यो । जवाफ भने युग अनुसार फरक–फरक पायो ।

विशेषतः समाजका अगुवा र अध्यताबाट जवाफ पायो । जसको जवाफले समाजमा प्रभाव पा¥यो त्यो समाज प्राप्त सोही जवाफको आधारमा अगाडी बढ्यो । त्यसैले विभिन्न चिन्तन र चेतना भएका लाखौँ प्रकारका समाज पृथ्वीले ब्यहोर्दै आएको छ । सोही क्रममा समाजलाई व्यवस्थित र उन्नत बनाउन राजनीति र राज्यको विकास भयो । राजनीतिक चिन्तन पनि युग सापेक्ष हुन पुग्यो । त्यो ठिकै हो । आज हामी त २१औँ शताब्दीमा छौँ । आजपनि मान्छेले प्रश्न त गर्न छोडेको छैन । राजनीतिक विचार÷दर्शनमा पनि अनेकन प्रश्न खडा भए र भइरहेका छन् । प्रश्न युगको सापेक्षतामा खडा हुन्छन् र जवाफ पनि सोही यथार्थमा आउँछन् । वैकल्पिक राजनीतिको सान्दर्भिकता त्यही बिन्दूमा पुष्टि हुन्छ । त्यसका लागि वैकल्पिक राजनीतिको कुरा गर्नु परेको हो । किनकि वैकल्पिक राजनीतिले आजको प्रश्नको आजकै जवाफमा राजनीतिक क्षमताको निर्माण गर्छ र सोही धरातलमा राज्य सञ्चालन गर्न सक्ने ल्याकत राख्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *