पानीको भण्डारण मात्रालाई कायम राख्न स्वच्छ पानी शरीरमा आपूर्ति गरिनुपर्छ ।

 


काठमाडौं, फागुन १६ गते ।
पानी जीवन हो भन्ने कुरामा विमति छैन । मानिसको शरीरमा दुई तिहाई पानी हुन्छ भनिन्छ । त्यो पानीको मात्रालाई कायम राख्न स्वच्छ पानी शरीरमा आपूर्ति गरिनुपर्छ । तरिका पु¥याएर स्वच्छ पानी पिएमा त्यो जीवन हुन्छ भने तरिका नपु¥याई दूषित पानी पिएमा त्यो रोगको महत्वपूर्ण स्रोत पनि हुन्छ । काठमाडौं उपत्यकामा पानीको अभाव भएका कारण यहाँका मानिसले दूषित पानी पिउन बाध्य छन् । दुरदराजका मानिसहरु पानीको उचित व्यवस्थापन नहुँदा दूषित पानी पिउन बाध्य छन् । पानीलाई जीवनको स्रोत बनाउन यसलाई पिउँदा समय, मात्रा र गुणस्तरको ख्याल गर्नुपर्छ । १. बिहान उठ्नासाथ पानी पिउने । २. जाडोमा मनतातो पानी पिउने । ३. एकै समयमा धेरै पानी पिउनु हुँदैन । ४. खानासँगै पानी पिउनु राम्रो हुँदैन । ५. २४ घण्टामा ३/४ लिटर पानी पिउनु पर्छ । ६. खाना खानु अघि र पछि केही समय फरक पार्नुपर्छ । ७. स्वच्छ पानी मात्र पिउनुपर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार यी कुराहरुलाई ध्यानमा राखेर पानी पिएमा मानिसको शारीरिक र मानसिक अवस्था राम्रो हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *