पुरुषको तुलनामा महिलाको प्रतिरक्षा प्रणाली विस्तारै बुढो हुँदा महिला बढी बाँच्छन् ।

 


काठमाडौं, फागुन १३ गते ।
धेरैले वास्ता नगरेको तर जान्नुपर्ने विषय हो कि महिला वा पुरुष सरदरमा बढी को बाँच्छ । पुरुषको तुलनामा महिलाको प्रतिरक्षा प्रणाली विस्तारै बुढो हुने भaएकाले तुलनात्मक रुपमा महिला बढी बाँच्छन् । बढ्दो उमेरसँगै हरेक व्यक्तिको शरीरमा सेतो रक्तकोषको सङ्ख्या घट्छ । बढ्दो उमेरसँगै पुरुष र महिलमा न्यट्रोफिल्सको संख्या बढ्छ । बढ्दो उमेरसँगै पुरुषमा लिम्फोसाइट्स घट्छ भने महिलामा बढ्छ । उमेर बढेसँगै पुरुषमा रातो रक्तकोषको संख्या घट्छ भने महिलामा घट्दैन । महिलामा पुरुषको दाँजोमा अधिक एस्ट्रोजिन हुने भएकाले उनीहरुको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । यसले महिलाको आयु बढाउन सहयोग गर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *